धनकुटा बजारको ट्राफिक व्यवस्थापन व्यवस्थित वनाईने

धनकुटा,२५ पुष । धनकुटामा बजार क्षेत्रको अव्यावस्थीत ट्राफिक व्यवस्थापन लाई व्यावस्थापन गर्न सुरु गरिएको छ ।

वढ्दो सवारी साधन सँगै वजार क्षेत्रमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त वन्न थालेपछि यहि माघ २ गतेदेखि लागु हुने गरि ट्राफिक व्यवस्थापन गर्न लागिएको र त्यसका लागि बजार क्षेत्रको अनुगमन थालिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले वताउनु भयो ।

सवारी साधन जथाभावी पार्क गर्दा दुर्घट्नाको जोखिम रहेको र सडक र बाटोमा समेत पसल थाप्नाले ट्राफिक व्यवस्थापन समस्या रहेको र त्यसको समाधानका लागि अनुगमन सुरु गरिएको पौडेलको भनाई थियो ।

जिल्ला प्रशासन कार्यालयको आयोजनामा वसेको सर्वपक्षिय वैठकले समेत माघ २ गतेदेखि लागु हुने गरि वजार क्षेत्रमा दुई पाङ्गग्रे मोटर साईकलको पार्किङ्ग दैनिकरुपमा एक दिन दाँया तर्फ र अर्को दिन वाँया तर्फ पालो गरेर एक साइडमा मात्र पार्किङ्ग गर्ने निर्णय गरिएको छ । यसैगरि तीन पाङ्गग्रे टेम्पोको हकमा धनकुटा वजारको त्रिवेणी, परिचय मोड र वसपार्कमा मात्र पार्किङ्ग गर्न पाईने निर्णय भएको समेत प्रजिअ पौडेलले जानकारी दिनु भयो ।

वैठकले जिल्लामा सञ्चालित सवारी साधनले ज्येष्ठ नागरिकहरुलाई भाडामा पचास प्रतिशत छुट दिने निर्णय गरिएको छ । यसैगरि वजार क्षेत्रमा चार पाङ्गग्रे ढुवानीका सवारी साधनहरु विहानको नौ वजेदेखि दश तीस वजेसम्म र दिउसो तीन तीस वजेदेखि पाँच तीस वजे सम्म प्रवेशमा रोक लगाउने र उक्त समयमा सामान उठाउन र झार्नमा रोक लगाइने निर्णय समेत गरिएको छ ।

वजार क्षेत्रमा अन्य सवारी साधानहरुले यात्रु लाई चढाउने र ओराल्ने वाहेक पार्किङ्ग गरि राख्न नपाउने निर्णय समेत गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖