खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारमा आगलागी हुँदा घरगोठ सहित पैँतालिस खसीबाख्रा मरे

खोटाङ, २५ पुसः खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा आगलागी हुँदा एउटा घर र दुईवटा गोठसहित ४५ वटा खसीबाख्रा जलेर मरेका छन् । खोटाङबजारको पुरानो गाउँस्थित तुलसीराम चौलागाईंको गोठबाट गएराति सुरु भएको आगोले ढुङ्गामाटोबाट बनेको दुईतले एउटा घर, दुईवटा गोठसहित ४५ वटा खसीबाख्रा जलेर नष्ट भएको छ ।

गएराति करिब ८ः१५ बजे सुरु भएको आगो राति १२ बजेमात्र नियन्त्रणमा लिन सफल भएको खोटाङ बजारस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णदेवप्रसाद साहले बताउनुभयो । आगो नियन्त्रणमा लिन नसक्दा माटो र ढुङ्गाले बनेको दुईतले घर र दुईवटा गोठ पूर्णरुपमा जलेर नष्ट भएको जनाइएको छ ।

आगलागीमा घरसँगै रु दुई लाख, अन्नपात, भाँडाकुँडा, लत्ताकपडालगायत सामग्री जलेर नष्ट भएको पीडित चौलागाईंले बताउनुभयो । “गोठमा पालिएको ४५ वटा खसीबाख्रा पनि आगोमा परेर मरे । स्थानीयवासी र प्रहरीले गोठमै बाँधिएको एउटा भैँसी र एउटा पाडो भने बचाउन सफल भए”, उहाँले भन्नुभयो, “भैँसीको अर्को पाडोे जलेर मरेको छ । करिब एक सय ५० मुरी त अन्न मात्रै जलेको छ ।”

घर जलेर नष्ट भएपछि चौलागाईंको पाँचजनाको परिवार छिमेकीको घरमा बसिरहेको खोटाङबजारका वडाध्यक्ष शिवप्रसाद फुँयालले बताउनुभयो । “अहिले उहाँहरु छिमेकीको घरमा बसिरहनुभएको छ । घरमा एक बच्चामात्र भएको बेला अर्कैले आगो लगाइदिएछ”, उहाँले भन्नुभयो, “बुबाआमा बेँसी खेतबाट काम गरेर घर आइनपुग्दै आगो लगाइएको रहेछ ।
गाउँकै सबैभन्दा राम्रो किसानको हालसम्मको मेहनत जलेर नष्ट भएको छ । आगो नियन्त्रणका लागि दमकल पनि लगियो तर सकिएन । त्यो समय गाउँमा प्रायः छोरा मान्छे सबै एउटा सिँचाइ योजनाका लागि गएका रहेछन् ।”

पीडित परिवारलाई तत्काल र दीर्घकालीन व्यवस्थापन कसरी गर्ने भनेर विपद् व्यवस्थापन समितिको बैठक बसेर निर्णय गर्ने तयारी गरिएको गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले बताउनुभयो । “गाउँपालिकाबाट कसरी सहयोग गर्न सकिन्छ भन्नेमा छलफल गर्दैछौँ”, उहाँले भन्नुभयो, “तत्काल कसरी उहाँहरुको व्यवस्थापन गर्ने र दीर्घकालीन समस्या कसरी समाधान गर्ने भनेर हामी छलफल गर्छौं । विपद्मा परेका पीडित परिवारलाई सहयोग गर्न सबैले हातेमालो गर्न गाउँबासीसँग अपिल गरेका छौँ ।”

आगलागीबाट चौलागाईं परिवारको रु २२ लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । उहाँको घर तथा गोठमा कोही व्यक्तिले आगो लगाइदिएको हुनसक्ने आशङ्कामा एकजनालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक साहले बताउनुभयो ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।