धरान–१५ स्थित आफ्नै घरमै वनस्पतिबाट साबुन बनाउने उद्योग सञ्चालन गर्दै मनिता घिमिरे

धरान, २६ पुस : धरानकी मनिता घिमिरेले तितेपाती, निम, घिउकुमारी, बकाइनोजस्ता वनस्पतिबाट साबुन बनाउने घरेलु उद्योग सञ्चालनमा ल्याउनुभएको छ । उहाँले उत्पादित साबुन मेला, महोत्सव, प्रदर्शनी लगायत अन्यत्र बिक्री गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो“अनलाइनबाट पनि राम्रो बिक्री भइरहेको छ । अग्र्यानिक सामान पाइने पसलमा पनि साबुन बिक्री हुन्छ ।”

नेपाली विषयमा स्नातकोत्तर गर्नुभएकी घिमिरे पहिल्यैदेख अन्यत्र रोजगारी खोज्नुभन्दा आफैँ केही गर्नुपर्छ भन्ने सोचमा हुनुहुन्थ्यो । उहाँले भन्नुभयो “केही वर्षअघि काठमाडौँको ठमेलमा विदेशीले प्राकृतिक साबुन खोजी गरेपछि यसको महत्व बुझेँ । ठमेलमै एक जना विदेशीबाट साबुन बनाउने तालिम पनि लिए । यसरी सिकेको सीप खेर जान दिनुहुँदैन भनेर त्यसलाई व्यवहारमा उतार्न थाले ।”

विगत छ वर्षदेखि धरान–१५ स्थित आफ्नै घरमै साबुन उद्योग सञ्चालन गरिरहनुभएकी उहाँ रु ५० हजार लगानीमै साबुन उत्पादन सुरु गर्न सकिने बताउनुहुन्छ । थोरै लगानीबाट धेरै आम्दानी गर्न सकिने उहाँको भनाइ छ । “मैले त छ वर्षअघि रु २५÷३० हजार लगानीबाट सुरु गरेकी थिएँ । यसबाट सोचेभन्दा राम्रै फाइदा भयो”, उहाँ भन्नुहुन्छ, “अहिले सामाजिक सञ्जालबाटै धेरै माग आउँछ । पसलबाट पनि माग आउँछ । साबुनबाटै आफूलाई चाहिने खर्च पूरा गरेकी छु ।”

उहाँले पछिल्लो समय महिलालाई साबुन बनाउने तालिम पनि दिँदै आउनुभएको छ । उहाँले उदयपुरको गढी गाउँपालिका, सुनसरीको इटहरी उपमहानगरपालिकालगायत स्थानमा तालिम सञ्चालन गरिसक्नुभएको छ । उहाँ भन्नुहुन्छ, “आफ्नै गाउँघरमा पाइने वनस्पतिको प्रयोग गरेर साबुन बनाउँदा देशको पैसा बाहिरिन पाउँदैन । यसबाट उपभोक्तादेखि देशसम्मलाई फाइदा हुन्छ ।” फुर्सदको समय सदुपयोग गरेर साबुन बनाई आम्दानी गर्नसक्ने उहाँको बुझाइ छ । यसका लागि घर परिवारको साथ र स्थानीय सरकारले सहयोग गरे धेरै महिला घर बसेरै स्वरोजगार बन्न सक्ने उहाँको धारणा छ ।

“थोरै खर्चमा सुरु गर्न सकिने यस्तो व्यवसायका लागि स्थानीय तहमा वडा कार्यालयले पनि विपन्नलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गर्न सक्छन्”, उहाँ भन्नुहुन्छ, “हेर्दा सामान्य कामजस्तो लागे पनि यसबाट एकातिर बेरोजगारले रोजगार पाउँछन, स्वास्थ्यका लागि पनि फाइदाजनक छ । साबुनका नाममा बाहिरिने रुपैयाँ पनि कम गर्न सकिन्छ ।”
–रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।