‘प्रजातन्त्र पुनःस्थापना गर्न नेता पाठकको योगदान महत्वपूर्ण’

जनकपुरधाम, २७ पुस : तत्कालीन पञ्चायत व्यवस्था विरोधी आन्दोलनका अगुवा नेता सत्यनारायण पाठकको ३६औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । बिहीबार सहिद सत्यनारायण पाठक प्रज्ञा–प्रतिष्ठान जनकपुरधामको आयोजनामा भएको कार्यक्रमका सहभागीले दलका नेताले प्रजातन्त्र पुनःस्थापनाका लागि नेता पाठकले पु¥याएको योगदानको चर्चा गर्नुभयो ।

कार्यक्रमका नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले स्व पाठकले प्रजातन्त्र पुनःबहाली, नागरिक अधिकार र सामाजिक हितका क्षेत्रमा पु¥याएको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । विसं २०४५ पुस २६ गते सार्वजनिक जग्गा अधिग्रहण गरी बस्ती बसाउने योजनाविरुद्धको आन्दोलनमा राज्य पक्षले पाठकको हत्या गरेको बताइएको छ ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य मिनाक्षी झाले परिवर्तन र सार्वजनिक हितका लागि पाठकले पु¥याउनुभएको योगदानको स्मरण गर्नुभयो । कार्यक्रममा कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियार, जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, महन्थ नवलकिशोर बाबा ९यादव० लगायतले आपसी सद्भाव, एकता र समन्वयका साथ क्रियाशील हुनसकेमा मात्रै सहिदको सपना हुने धारणा राख्नुभयो ।

यस्तो छ पाठकको योगदान

सहिद सत्यनारायण पाठक प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष शुभचन्द मिश्रका अनुसार जनकपुरधामा सुरुदेखि नै भित्रभित्रै पञ्चायतविरोधी आन्दोलन भइरहेको थियो । कांग्रेसमा आस्थावान् नेता पाठक पनि सोही आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो । सोही कारण विसं २०४२ जेठ ६ गतेदेखि सुरुआत भएको सत्याग्रहमा क्रियाशील पाठकले गिरफ्तारी दिई नौ महिनासम्म जलेश्वर कारागारमा जीवन व्यतित गर्नुभयो । काराबासबाट फर्केको केही समय मात्रै भएकाले उहाँ तत्कालीन पञ्चायती सरकारको नजरमै हुनुहुन्थ्यो ।

यही बीचमा तत्कालीन जनकपुुर नगर पञ्चायतद्वारा जनकपुर–७, ८ र १३ का करिब चार सय ८५ बिघा जग्गा अधिग्रहण गरेर बाहिरका उच्च पदस्थ नागरिकलाई बसोबास गराउनका निम्ति ‘आदर्श नगर’ बनाउने योजना बन्यो । यो योजनामा स्थानीय जनसमुदायको सहमति थिएन । तथापि तत्कालनी जनकपुरका अञ्चलाधीश सूर्यप्रसाद उपाध्याय, प्रमुख जिल्ला अधिकारी बाबुराम पौडेललगायतले सो निर्णय गरेको थियो ।

घटनाका विषयमा जानकार अभियन्ता प्रफुल्लराज घिमिरेले सो निर्णयविरुद्ध केही जग्गा धनीलगायत जनकपुरका अगुवा तत्कालीन आवास तथा भौतिक योजनामन्त्री डा प्रकाशचन्द्र लोहनी कहाँ निर्णय फिर्ता लिन माग गर्दै ‘डेलिगेसन’मा जाँदा पनि कुनै समाधान ननिस्किएपछि आन्दोलन गर्नु परेको बताउनुहुन्छ । त्यो आन्दोलनको संयोजक हुनुहुन्थ्यो बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वअध्यक्ष दिगम्बर राय । रायले रासससँग भन्नुभयो, “छलफलबाट निष्कर्ष ननिस्किने र नापीका कर्मचारी तथा प्रहरी प्रशासनले जबर्जस्ती गर्न नरोकेपछि आान्दोलनको अवस्था बन्यो । विसं २०४५ पुस २२ गतेपछि धरपकड बढ्न थाल्यो । त्यही क्रममा पुस २३ गते मलाई गिरफ्तार गरियो । हामीले मुआब्जा दिएर अधिग्रहणको सहमति दिनेभन्दा पनि जबर्जस्ती गर्न थालेपछि पुस २६ गते ठूलो आदोलन भयो । त्यही आन्दोलनमा तत्कालीन प्रमुख जिल्ला अधिकारीले आफ्नै अङ्गरक्षकको पेस्तोल छिनेर गोली हान्दा पाठकको निधन हुनपुग्यो ।”

पिता रामचन्द्र पाठकका तीन छोरामध्येका कान्छा सुपुत्रका रुपमा विसं २०१५ मा धनुषा जिल्लाको बघचौरा गाविसमा पाठकको जन्म भएको थियो । हाल पाठकको सम्झनामा सहिद सत्यनारायण पाठक स्मृति प्रज्ञा–प्रतिष्ठान बनाएर उहाँको सम्झनामा विभिन्न कार्यक्रम हुने गरेका छन् । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।