धरान देखि धनकुटा सम्म राष्ट्रिय एकता दिवसको अवसरमा पदयात्रा

धनकुटा,२७ पुष । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा धरानवाट धनकुटा सम्म एकिकरण पद मार्गमा पदयात्रा गरिएको छ ।

नेपाली सेनाको भिमदल गण सल्लेरीको आयोजनामा धरानको फुस्रेवाट धनकुटाको साँगुरीगढी गाउँपालिकाको साँगुरीगढी सम्म पदयात्रा गरिएको हो । राजा पृथ्वीनारायण शाहका सेनाका कमाण्डर अभिमानसिंह वस्नेतले वि.सं १८३१ मा साँगुरीगढीमा गोर्खाली फौज पठाई नियन्त्रणमा लिएर त्यहिवाट उत्तर र पूर्व तर्फ एकीकरण अभियानको सुरुवात गरिएको संझनामा सेनाले हरेक बर्ष पुष २७ गते पदयात्राको आयोजना गर्दै आएको छ ।

पदयात्रा कार्यक्रममा नेपाली सेनाको पूर्वि पृतनाका पृतनापती उपरथी आश बहादुर तामाङ्गले पुर्खाको योगदान लाई भुल्न नहुने र देश जोगाउन र बनाउँन खेलेको भूमिकाको कदर गर्दे योगदान बाट पाठ सिक्नु पर्ने बताउनु भयो ।

त्यस्तै साँगुरीगढी गाँउपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राइले यसलाई इतिहास र पर्यटन संग जोड्नु पर्ने र त्यसको लागि पालिकाले पहल गरीरहेको बताउनु भयो । पदयात्रामा धनकुटा र धरानका पर्यटन व्यवसाय, होटल व्यावसायी पत्रकार र स्थानीय बासिन्दाको सहभागिता रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।