नवज्योती वचत तथा ऋण सहकारी संस्था धनकुटा १ हिलेको १४ औं वार्षिक साधारणसभा सम्पन्न

धनकुटा । नवज्योती वचत तथा ऋण सहकारी संस्था धनकुटा १ हिलेको १४ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष धिरेन थिङ तामाङको अध्यक्षता तथा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङको प्रमुख आतिथ्यमा सञ्चालित साधारणसभामा आर्थिक वर्ष २०७९÷८० को पुँजी निर्माण तर्फ १६ करोड ७५ लाख ३८ हजार ६१ रुपयाँ बराबरको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको छ ।

त्यस्तै आर्थिक वर्ष २०८०÷८१ को लागि १९ करोड ४२ लाख ९१ हजार ८ सय ६५ रुपयाँ बराबरको लक्ष प्रगति तथा अनुमानित कार्य योजना प्रस्तुत गरिएको छ । संस्थाको चालु आर्थिक वर्षको आम्दानी २५ लाख ५८ हजार ९ सय ७४ रुपयाँ रहेको छ भने खर्च तर्फ २२ लाख ३७ हजार ४ सय ९८ रुपयाँ रहेको छ भने आर्थिक वर्ष २०८०÷८१ को लागि २७ लाख ९७ हजार ६ सय ८५ रुपयाँ वरावरको प्रस्तावित अनुमानित कार्य योजना प्रस्तुत गरिएको छ ।

सभालाई सम्बोधन गर्दै प्रमुख अतिथी धनकुटा नगरपालिकाका प्रमुख तामाङले सहकारीको पैसा अपचलन गर्नेहरुलाई कारवाहीको दायरामा ल्याईने बताउनु भएको छ । कतिपय सहकारी सस्थाका वचतकर्ताहरुको गुनासो आईरहेको भन्दै उहाँले त्यस्तो वताउनु भएको हो । उहाँले सहकारीहरु एकअर्काको सहकार्यमा चल्ने संस्था भएकोले सबैले मिलेर सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । यदी संस्थामा समस्या आए सक्षम व्यक्तीले नेतृत्व लिनुपर्ने वताउनुभयो ।

त्यस्तै धनकुटा नगरपालिका वडा नं १ का वडाध्यक्ष ओङ्दा तामाङले गरिव जनताले थोरै थोरै गरि सहकारीमा जम्मा गरेको पैसा अपचलन गर्नेलाई प्रमाण सहित वडामा आए वडाको तर्फबाट गर्नपर्ने आवश्यक कारवाही गर्ने वताउनुभयो । उहाँले सहकारीबाट ऋण दिंदा सञ्चालकहरुले ध्यान दिनपर्ने समेत सुझाव दिनुभयो । उहाँले आफुहरुले निर्वाचनको क्रममा जनतासामु गरेको प्रतिवद्धत्ताहरु पुरा गर्दै आएको भन्दै हिले पुच्छरमा सार्वजनिक शौचालय निर्माणको काम पनि शूरु भएको वताउनुभयो ।

साधारणसभाको अवसरमा उत्कृष्ट वचतकर्ता दिलकुमारी राई र नेत्र वहादुर बुढाथोकी, कर्जा तर्फ कौशिला तामाङ र नगेन्द्र वस्नेत, उत्कृष्ट शेयरकर्ता भिमता देवान राई र उत्कृष्ट वचतकर्ता (वचत गर्न शुरु गरेदेखी अहिले सम्म वचत ननिकालेका) झङक वहादुर वस्नेतलाई सम्मान गरिएको छ । सभामा जिल्ला सहकारी संघका सदस्य पेमा लामा, सहकारीहरुको तर्फबाट मजदुर वचत तथा ऋण सहकारी संस्थाका सचिव फुर्वा घिसिङ तामाङ,हिले वजार व्यवस्थापन समितीका अध्यक्ष लालचन गोङवा लगायतले शूभकामना मन्तव्य राखेका थिए ।

सभामा लेखा परिक्षण प्रतिवेदन लेखा समिती सदस्य गंगाराम गोम्देनले प्रस्तुत गर्नुभएको थियो । स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष राम वहादुर रायमाझीले राख्नुभएको थियो । सञ्चालन कोषध्यक्ष योगेन्द्र शाहीले गर्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।