हतुवागढीको संरक्षण गरिँदै

भोजपुर, २८ पुस : ऐतिहासिक क्षेत्र भोजपुरको हतुवागढीमा शिलालेखको अनावरण गरिएको छ । पूर्वको महत्वपूर्ण गढीको रुपमा रहेको उक्त स्थानमा राष्ट्रिय एकता दिवस तथा ३०२ औँ पृथ्वी जयन्तीको अवसरमा शिलालेखको अनावरण गरिएको हो ।

गढी क्षेत्रमा सेनाको गुल्म रहेकाले सेनाले नै त्यसको संरक्षण गर्दै आएको छ । नयाँ श्रीनाथ गणका गणपति प्रमुख सेनानी फणीन्द्र थापाले सेनाले गढीको संरक्षणमा गरिरहेको कामसँगै हतुवागढीको इतिहासको बारेमा जानकारी गराउनुभयो । यो एउटा महत्वपूर्ण गढी रहेकोले यसको विकास तथा संरक्षणको लागि नेपाली सेनाले पनि भूमिका खेलिरहेको उहाँको भनाइ छ ।

हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले गढी संरक्षणसँगै विकासको लागि गाउँपालिकाले आवश्यक काम गरिरहेको बताउनुभयो । गढी क्षेत्रमा सेनाको गुल्म रहेकाले स्थानीयलाई सहज आवतजावतमा केही समस्या देखिएकाले यसको समाधानको लागि योजनाबद्ध रुपमा काम भइरहेको उहाँको भनाइ छ । यो क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ ।

“यो हाम्रो ऐतिहासिक गढी हो”, अध्यक्ष राईले भन्नुभयो, “यसको विकास तथा संरक्षणमा गाउँपालिकाले पनि काम गरिरहेको छ । यसलाई पर्यटनसँग जोडेर संरक्षणमा ध्यान दिएका छौँ । हामीले यसको आसपासमा सङ्ग्रहाय निर्माण गर्ने सोच लिएका छौँ ।”

ऐतिहासिक महत्व बोकेको गढी रहेकाले यसको विकास तथा संरक्षणमा ध्यान दिन आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले बताउनुभयो । समाजसेवी ईश्वरमान राईले गढीको संरक्षणमा सेनाले खेलेको भूमिका प्रशंसायोग्य रहेको बताउँदै, यहाँको गुल्मको स्थायित्वको लागि ध्यान दिनुपर्ने बताउनुभयो ।

खण्डहरको रुपमा रहेको यो गढीको स्थानीय र सेनाको अग्रसरतामा संरक्षण गरिएको उहाँको भनाइ छ । हतुवागढी गाउँपालिकामा १ मा रहेको यो गढीमा तत्कालीन किरात राजाहरुले शासन गरेको बताइन्छ । यो गढी समुद्री सतहबाट एक हजार छ सय ३८ मिटर उचाइमा रहेको छ । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।