सङ्खुवासभाका क्यान्सर पीडितको उपचारका लागि आर्थिक सहयोग

किमाथाङ्का (सङ्खुवासभा), २८ पुस : सङ्खुवासभाको सभापोखरी गाउँपालिका–१ लेब्राङका क्यान्सरपीडित एक पुरुषलाई उपचारका लागि रु दुई लाख ७० हजार आर्थिक सहयोग प्रदान गरिएको छ ।

फेसबुक अभियानमार्फत अमेरिकामा सङ्कलन गरिएको उक्त रकम क्यान्सरपीडित ३५ वर्षीय उमेश श्रेष्ठलाई प्रदान गरिएको हो । श्रेष्ठको उपचारका लागि ५२ नेपालीबाट सङ्कलन गरिएको सो रकम प्रदान गरिएको खाँदबारी नगरपालिका–११ घर भई हाल अमेरिकास्थित वासिङ्टन बस्ने लीला श्रेष्ठले जानकारी दिनुभयो ।

फेसुबक अभियानबाट अमेरिकामा रकम जुटाएको रकम जनज्योति माध्यिमक विद्यालयका पूर्वप्रधानाध्यापक होमबहादुर अधिकारीमार्फत क्यान्सरपीडित श्रेष्ठको उपचारका लागि प्रदान गरिएको उहाँले बताउनुभयो । दश वर्षअघि फेरिएको मिर्गाैलाले काम नगर्ने भएपछि पुनःमिर्गाैला फेर्नुपर्ने भएकाले आर्थिक अभावका कारण सहयोगका लागि पीडित परिवारले याचना गरेका थिए ।

पैसाको अभावमा क्यान्सर रोगको उपचार गर्न नसक्नुभएका श्रेष्ठलाई उपचारमा सहयोग गर्न अभियान सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो । क्यान्सरपीडित श्रेष्ठलाई अहिले स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग जुटेको उहाँले बताउनुभयो ।
-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।