चन्द्रागिरिको सेतोपहरामा सवारी दुर्घटना, चार जनाको मृत्यु

काठमाडौँ, २८ पुस : चन्द्रागिरि नगरपालिका–४ पानीघाट नजिक हिमचुली सेतो पहरा भन्ने ठाउँमा आज दिउँसो भएको सवारी दुर्घटनामा चारजनाको मृत्यु भएको छ ।

काठमाडौँबाट चित्लाङतर्फ गइरहेको गाडी अनियन्त्रित भई सडकदेखि पाँच सय मिटर तल खसेर दुर्घटना भएको निमित्त प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले राससलाई जानकारी दिनुभयो ।

दुर्घटनामा काठमाडौँको मैतिदेवी बस्ने वर्ष ६७ वर्षीय ओमकार निधि तिवारी, सोही स्थानका ६४ वर्षीया कल्पना तिवारी र काठमाडौँको लाजिम्पाट बस्ने डा महेशकुमार गौतम र सोही ठाउँमा ४ वर्षीय प्रियान्स गौतमको मृत्यु भएको काठमाडौँ प्रहरीका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार भ्यानमा ६ जना सवारमध्ये चारजनाको घटनास्थलमा नै मृत्यु भएको र दुईजना घाइतेलाई उपचारका लागि बल्खुस्थित बयोधा अस्पतालमा लगिएको छ । दुर्घटनामा ६ वर्षीया स्मारिका गौतम र उनकी आमा डा सृष्टि तिवारी घाइते हुनुहुन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।