लागत अनुसारको बजारभाउको व्यवस्था गर्नुपर्नेमा धनकुटाका किसानको जोड

धनकुटा,२९ पुष । धनकुटाका किसानले सरकारले लागत अनुसारको बजारभाउ व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन । उनीहरुले उत्पादन लागत अनुसारको मूल्य नपाए कृषिक्षेत्र धरासायी हुने भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराएका हुन ।

भेटरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनकुटाले आयोजना गरेको व्यवसायिक कृषकहरुँगको अन्तरकिर्या कार्यक्रममा किसानले यस्तो धाराण राखेका हुन ।

उनिहरुले तरकारी उत्पादन गर्न मल, बीउ, सिँचाइमा गरेको खर्च, रोप्दा, गोडमेल र टिपेर बजारसम्म लैजाने खर्च समेत नउठ्ने भएकाले उत्पादनमा लागेका कृर्षकको समस्याको समाधान गर्न सरकार गम्भीर भएर लाग्नुपर्ने बताएका छन ।

किसानले पसिना बगाएर गरेको उत्पादनले बजार र लागत अनुसारको बजारभाउ नपाउने समस्या सधैका लागि हटाउन स्थानीय तहका जनप्रतिनिधि प्रदेश र संघिय संसद देखि प्रधानमन्त्री समेतको ध्यानाकर्षण हुनुपर्नेमा धनकुटाका अगुवा किसान भरत कार्किले बताउनुभयो ।

कार्यक्रममा बोल्दै उहाँले नेपाली किसानको उत्पादनले बजार पाउन भारतबाट आयातित कृषि उत्पादनसँग प्रतिस्पर्धा गर्नुपर्ने हुदाँ नेपाली किसानलाई जोगाउन विदेशबाट तरकारी आयातमा रोक लगाउनुपर्नेमा जोड दिनुभयो । उहाँले किसानले उत्पादन गरेको सामानलाई कर लगाउने राज्यको निति नै गलत भएको हुदा यसतर्फ सरकारको ध्यान जानुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्ने अधिकांस किसानले बजार र लागत अनुसारको बजारभाउ नपाउने समस्या तरकारीसँगै दुध, केरा, मह, मासु, अण्डा र माछा लगायत उत्पादनमा रहेको हुदाँ किसानलाई सरकारले कृषि उत्पादनमा अनुदानको व्यवस्था गर्नुपर्ने बताएका छन ।

कार्यक्रममा बोल्दै पूर्व भूमी व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र कुमार राईले जिल्लाको कृषि तथ्यांकलाई सहि तरिकाले संकलन गर्नुपर्ने बताए उनले तथ्यांक गलत भयो भने निति निमार्णमा समेत असर पर्ने भन्दै उहाँँले त्यसतर्फ सरोकारवाला निकायको ध्यानाकर्षण गराउनु भएको थियो ।

कार्यक्रममा प्रदेश सांसद निरन राई, इन्द्रमणी पराजुली,जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङ,जिल्लास्थित विभिन्न सरोकारवाला निकायका प्रमुख एवम् प्रतिनिधिहरु तथा अगुवा किसानको सहभागिता रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।