स्वच्छ भाञ्छा सम्बन्धि अभिमुखीकरणका सहभागिहरुलाई विद्युतीय चुलो वितरण

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा सञ्चालित स्वच्छ भान्छा सम्बन्धि अभिमुखीकरण कार्यक्रमका सहभागिहरुलाई आज विद्युतीय चुलो सहितका सामाग्री वितरण गरिएको छ ।

सन् २०३० सम्म सबैका लागि स्वच्छ भान्छा बनाउने राष्ट्रिय लक्ष प्राप्तिका लागि घर-घरमा विद्युतीय चुलो अभियानलाई सघाउ पुर्याउने लक्षका अमेरिकी विकास नियोग युएसएड (USAID)को सहयोगमा अजम्बरी विकास फाउण्डेशन ललितपुरले केही दिन अघि सञ्चालन गरेको अभिमुखीकरण कार्यक्रमका सहभागीहरुलाई आज विद्युतीय (ईण्डक्सन) चुलो,कुकर,कराई लगायतका सामाग्री वितरण गरिएको हो ।

ती सामाग्री छथरजोपाटी गाउँपालिका वडा नं ६ का वडा सदस्य विश्वास श्रेष्ठले सहभागिहरुलाई वितरण गर्नुभएको थियो । अभिमुखीकरण पौष १९ र २० गते सञ्चालन भएको थियो । अभिमुखीकरणमा छथरजोपाटी गाउँपालिकाका ६ वटै वडाका महिला स्वास्थ्य स्वयम्सेविका र स्थानिय महिला सहित तीन-तीन जना, धनकुटा नगरपालिका वडा नं ४ का एकजनाले सहभागिता जनाएका थिए ।

अब स्वच्छ भाञ्छा सम्बन्धि अभिमुखीकरण लिईसकेका महिला दिदीवहिनीहरु सँगको सहकार्यमा पालिकाको सबैवडाका दुई-दुई स्थानमा पनि यस्तो अभिमुखीकरण सञ्चालन गरिने फिल्ड मोभिलाईजर रोशन थापाले बताउनु भएको छ । जसका लागि आवश्यक तयारी भईरहेको उहाँको भनाई छ ।

यो कार्यक्रम धनकुटा नगरपालिकाको पनि विभिन्न वडाहरुमा अहिले सञ्चालन भईरहेको जिल्ला सिनियर फिल्ड मोभिलाईजर दूर्गा खड्काले जानकारी दिनुभएको छ ।

विद्युतीय चुलो प्रयोगले भान्छा सफा र आधुनिक देखिने, खाना बनाउन सजिलो र छिटो हुने, धुँवाजन्य रोगबाट बच्न सकिने, अन्य ईन्धन भन्दा किफायती, आगोजन्य दूर्घटनाको जोखिमबाट बच्न सकिने र स्वदेशी विजुलीको उपयोग बढ्ने बताईएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।