धनकुटा-काठमाण्डौं साँस्कृतिक समाजद्धारा विद्यालयलाई संगितका सामाग्री प्रदान

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ८ काभ्रे स्थितको महेन्द्र आधारभुत विद्यालयलाई धनकुटा-काठमाण्डौं साँस्कृतीक समाजले संगितका विभिन्न सामाग्रीहरु प्रदान गरेको छ ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष नर वहादुर राईको अध्यक्षता तथा ८ नं वडाध्यक्ष गजेन्द्र राईको प्रमुख आतिथ्यमा सञ्चालित एक कार्यक्रमको वीच समाजले ड्रमसेट, पियानो, माईक्रोफोन, साउण्ड सिस्टम लगायतका सामाग्री प्रदान गरेको हो ।

कार्यक्रमका विशेष अथिती धनकुटा- काठमाण्डौ साँस्कृतीक समाजका अध्यक्ष कर्ण वहादुर राईले संगित प्रति विद्यार्थीहरुको रुची र चासोलाई ध्यान दिदै विद्यालयलाई ती सामाग्री प्रदान गरिएको बताउनु भयो । यसले सांगितिक क्षेत्रमा चासो राख्ने प्रतिभावान विद्यार्थीहरुको प्रतिभा उजागर गर्न सघाउ पुर्याउने, सरकारी विद्यालयमा विद्यार्थीहरु आउने घट्दो क्रमलाई निरुत्साहित गर्ने, विद्यार्थीहरुलाई संस्कृती र संगित सँग जोड्ने उहाँले वताउनु भएको छ ।

आफुले पनि अध्ययन गरेको सो विद्यालयमा संगितका सामाग्री उपलब्ध गराउन पाउँदा खुशी लागेको अध्यक्ष राईले वताउनु भएको छ ।
कार्यक्रममा वडासदस्यहरु गंगादेव राई,हेम गिरी,विद्यालयका प्रधानाध्यापक वकिल देवान,जलकञ्या प्राविका प्रधानाध्यापक विष्णु प्रसाद राई,सामाजका केन्द्रिय सदस्य गौरव नारायण राई, पाख्रीवास नगर संयोजक चकेन्द्र राई लगायतको उपस्थिती थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।