माघे सक्रन्तिको अवसरमा धनकुटाको पाख्रीवासमा विभिन्न प्रतियोगितात्मक खेल सम्पन्न

धनकुटा । माघे सक्रन्तिको अवसरमा धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ७ मा विभिन्न प्रतियोगितात्मक कार्यक्रम सम्पन्न भएको छ । प्रगतिशिल युवा क्लवको आयोजनामा सञ्चालित गोरु जुधाई प्रतियोगितामा चुङमाङका युनिस विकको गोरुले प्रथम स्थान हासिल गरेको छ ।

त्यस्तै चुङमाङकै रामकुमार राईको गोरु दोश्रो र महालक्ष्मी नगरपालिका मालबासेका टिकाराम पौडेलको गोरु तेश्रो भएका छन् । प्रथम,दोश्रो र तेश्रो भएका गोरुका धनीलाई क्रमश: नगरद ३५ हजार, २० हजार, १० हजार पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । डोरी तान्ने खेल तर्फ प्रथम अमर राई, दोस्रो गोविन्द मगर र तेस्रो अर्जुन राउत भएका छन् । उनिहरुलाई क्रमश: ३ हजार र १÷१ हजार नगद पुरस्कार दिईएको छ ।

पञ्जा लडाइ खेल तर्फ प्रदिप मगर प्रथम, सागर राई दोश्रो, मान बहादुर मगर तेश्रो भएका छन् । उनिहरुलाई पनि क्रमश: ३ हजार र १÷१ हजार पुरस्कार प्रदान गरिएको छ । त्यस्तै हाडी फुटाई खेल तर्फ सुशील परियारले जित निकाले । परियारलाई १ हजार नगद पुरस्कार प्रदान गरिएको छ ।

प्रतियोगिता पूर्व भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र राईको प्रमुख आतिथ्यमा भएको थियो । विशेष अतिथि पाख्रीवास नगरपालिकाका उपमेयर नम्रता देउजा, ७ नं वडा अध्यक्ष देवेन्द्र तामाङ, ३ नं वडाध्यक्ष सरोज राई लगायत विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती थियो ।

क्लवका अध्यक्ष युवराज गहतराजको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव शंकर विश्वकर्माले गर्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।