धनकुटामा यसरी मनाइयो माघे सक्रान्ति, माघी पर्व

धनकुटा । आज माघे सक्रान्ति, माघी पर्व विभिन्न समुदायले विशेष कार्यक्रमको आयोजना गरि मनाएका छन् ।

नेपालमा बसोवास गर्ने विभिन्न जातजातीहरु जस्तै मगर, राई, लिम्बु, नेवार, गुरुङ, थारु, क्षेत्री, बाहुन लगायतका जातजातिले यो पर्वलाई आ-आफ्ना परम्परा अनुसार फरक फरक प्रकृतिले मनाउने गरेका छन् । यही अवसरमा आज धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ९ मा विशेष कार्यक्रमको आयोजना गरि माघी पर्व मनाइएको छ ।

पाख्रीवास नगरपालिका,प्रगतिशिल युवा क्लव र मगर एकता समाजको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । नेपाल वौद्ध सेवा समाज जिल्ला कमिटी सदस्य गणेश आले मगरको अध्यक्षता तथा नेपाल मगर संघका प्रदेश सदस्य सम्झना आलेको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा वोल्ने वक्ताहरुले भाषा, सस्कार, सस्कृतीको संरक्षण, सम्वद्र्धनमा जोड दिएका थिए ।

कार्यक्रममा क्लवका भाईवहिनीहरुले मगर भाषाको मौलिक हुर्रा सहित अन्य गितहरुमा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा वडा सदस्य मदन कुमार आले,g]kfn du/ ;+3 lhNnf sld6L cWoIf tf]0f{ vkfªuL du/, ताम्बा संघ जिल्ला अध्यक्ष हरिलाल तामाङ,समाजसेवी विष्णु मोक्तान,डिवी मोक्तान,जगम घिसिङ,राम वहादुर लुङगेली,सञ्चारकर्मीहरु विदुर खवास,विनोद घिमिरे लगायतको उपस्थिती थियो ।

कार्यक्रमको सञ्चालन क्लवका अध्यक्ष कुल वहादुर थापाले गर्नुभएको थियो । त्यस्तै धनकुटाको हिलेमा पनि र्याली प्रदर्शन तथा सभाको आयोजना गर्दै माघी पर्व मनाईएको छ । नेपाल मगर संघ धनकुटा नगर समितीको आयोजना तथा एकिकृत मगर समाज हिलेको सह-आयोजनामा हिले पुच्छर तोङवा चोकबाट निकालिएको र्यालिले बजारको विभिन्न भागको परिक्रमा गरि पुन: तोङवा चोकमा पुगेर सभामा परिणत भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।