यलम्बर सम्बत यलेदोङको अवसरमा धनकुटामा शुभकामना साँझ कार्यक्रमको आयोजना
धनकुटा । यलम्बर सम्बत यलेदोङ (५०८४) को अवसरमा आज धनकुटामा शुभकामना साँझ कार्यक्रमको आयोजना गरिएको छ ।
किरात राई साँस्कृतीक कलाकार संघ केन्द्रिय कार्य समिती र जिल्ला कार्य समितीको संयुक्त आयोजनामा कार्यक्रम भईरहेको हो ।
धनकुटा सदरमुकाम मदन चोकमा भईरहेको कार्यक्रममा दीप प्रज्वलन,शुभकामना आदान प्रदान तथा किराती गीत तथा नृत्य प्रस्तुत गरिने आयोजकले जनाएको छ ।


