गाउँको विकासले दङ्ग छन् पश्चिम दाङका जनता

तुलसीपुर (दाङ), ४ माघ : पश्चिम दाङलाई जिल्लाको विकट क्षेत्रका रुपमा लिइन्छ । त्यसलाई दाङको ‘कर्णाली’ भनेर चिनाइन्छ । विकासको दृष्टिकोणले पछि परेको त्यो ठाउँमा अहिले भने धमाधम विकास निर्माणको काम भइरहेको छ । दाङको पश्चिम क्षेत्रमा पर्ने बबई गाउँपालिकामा सडक, ढल निकास, खानेपानी, सिँचाइलगायत पूर्वाधारका काम भइरहेका छन् ।

विगतमा खानेपानीको समस्या भएको बबई गाउँपालिकाको जलुके, हुरुमका लागि सिँचाइ र खानेपानीको काम भइरहेको छ । प्रदेश सरकारले सिँचाइका लागि रु १० लाख र खानेपानीका लागि रु २० लाख बजेट विनियोजन गरेपछि काम अघिबढेको हो । “हामीलाई खानेपानीको निकै समस्या छ, धेरैपटक माग ग¥यौँ, अहिले बजेट परेको छ”, जलुके निवासी रतिराम विकले राससलाई भन्नुभयो, “यो काम पूरा भएपछि हामीलाई धेरै सहज हुनेछ ।”

ढल निर्माण भएको लामो समयसम्म पनि कालोपत्र हुन नसकेको आदर्श नगर हापुरे टोलमा अहिले कालोपत्रको काम अघि बढेको छ । प्रदेश सरकारको रु एक करोड ३० लाख बजेटमा सोही ठाउँमा सडक कालोपत्र भइरहेको छ । बबई–५ स्थित रोल्पालीतरा–जिरायत कुलो निर्माणको काम पनि जारी छ । सोही वडाको सिमगैरा–पल्लोतरा सिँचाइ योजनाका रु १० लाख विनियोजन भई काम अघि बढेको छ ।
आनन्द नगर टोलमा ढल निर्माण भएको छ भने प्रगतिशील आधारभूत विद्यालयको भवन पनि धमाधम बनिरहेको छ । बबईको विकट क्षेत्र वडा नं १ को जिला, सिमलकुना जोड्ने बबई नदीमा पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ ।

बबई गाउँपालिकाले पहिलो पटक सांसद र मन्त्री पाएको छ । लुम्बिनी प्रदेशको अर्थमन्त्रीमा धनबहादुर मास्कीले जिम्मेवारी पाउनुभएको छ । पश्चिम क्षेत्रको विकासमा आफू दत्तचित्त भएर लागेको उहाँले बताउँदै आउनुभएको छ । “पश्चिम क्षेत्र अब कर्णाली रहँदैन, विकट क्षेत्रमा पनि मेरो नजर परेको छ”, उहाँले राससलाई भन्नुभयो, “सबै क्षेत्रको विकासका निम्ति बजेट विनियोजन गरेको छु ।”
–रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।