जबरजस्ती करणी मुद्धामा फरार प्रतिवादी ईटहरीबाट पक्राउ
बिराटनगर, ४ माघ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समुह (PIT) बाट खटिएको प्रहरी टोलीले १ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
जबरजस्ती करणी मुद्धामा सम्मानित जिल्ला अदालत ओखलढुङगाको २०७९ चैत्र १२ गतेको सजाय निर्धारण फैसला आदेशले २ बर्ष ६ महिना कैद जरिवाना तोकिएका मोलुङ गाउँपालिका-१ का ४३ बर्षीय कृष्ण गिरीलाई खोजतलास गर्ने क्रममा आज ईटहरीबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई सुनसरी जिल्ला अदालत उपस्थित गराईएकोमा तोकिएको सजाय भुक्तानको लागी झुम्का कारागार पठाएको छ ।


