पाँचौ चौबिसे रनिङ्ग कप सम्पन्न

नारायण कुमार राई/ धनकुटा,५ माघ । चौबिसे गाउँपालिका धनकुटाको आयोजनामा माघ १ गतेबाट जारी पाँचौ महिला तथा पुरुष चौबिसे रनिङ्ग कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

बिहिबार सम्पन्न भएको पुरुष तर्फको खेलतर्फ वडा नं.६ बिजयी भएको छ भने महिला तर्फ वडा नं. २ मुढेवास बिजयी भएको छ ।

पुरुष तर्फ वडा नं.१ संग भएको खेलमा निर्धारित समयमा दुबै तर्फबाट कुनै गोल नभएपछि पेनाल्टी सुट आउटमा ४–३ को अन्तरले वडा नं.६ बिजयी भएको हो ।

जीतका लागि वडा नं.६ का बिश्वकुमार लिम्बू,क्रिसव चेम्जोङ्ग,प्रतिक थापा मगर,. निर्मल सन्देशले गोल गरेका थिए भने लोकेन्द्र लिम्बु हानेको गोल अउट भएको थियो ।

त्यस्तै वडा नं.१ का लागि.कुशल मगर,रोहित गुरुङ्ग,हिमाल मगरले गोल गरेका थिए ।

वडाका तर्फबाट लिसव मगरले हानेको गोल वडा नं.६ का गोल रक्षक मणिष लिम्बूले रोकेका थिए भने यूनिस गजमेरको गोल आउट भएको थियो ।

त्यस्तै महिला तर्फ भएको वडा नं. २ र ५ बीच भएको खेलमा ३–१ को अन्तरले वडा नं.२ बिजयी भएको छ ।

जीतका लागि वडा नं.२ का खेलाडी सुस्मिता मगरले खेलको पहिलो हाफमा पेनाल्टि सुटआउटमा पहिलो गोल गर्नुभएको थियो ।

त्यस्तै खेलको दोस्रो हाफमा पुजा मगर र अस्मिता मगरले गोल गर्नुभएको थियो ।

वडा नं.५ का लागि खेलको दोस्रो हाफमा पेनाल्टि सुटआउटबाट आफ्नो वडाको लागि १ गोल गर्नुभएको थियो ।

बिजेता पुरुष टोलीले नगद ६५ हजार सहित मेडल,प्रमाण–पत्र र रनिङ्ग शिल्ड जितेको छ । उप बिजेताले नगद ३५ हजार र मेडल,प्रमाण–पत्र पाएको छ ।

त्यस्तै महिला बिजेता टोलीले नगद ३५ हजार सहित मेडल,प्रमाण–पत्र र रनिङ्ग शिल्ड जितेको छ भने उप बिजेता टोलीले नगद २५ हजार र मेडल,प्रमाण–पत्र पाएको छ ।

खेल अवधिभर पुरुष तर्फ हाई स्कोरर बिजेता वडाका प्रतिक मगर र वडा नं. ७ का सिसिर बि.क हुनुभयो ।

बिजेता टोलिका मनिस लिम्बू उत्कृष्ट गोल रक्षक,सुरेन्द्र लिम्बु बेष्ट प्लेयर र वडा न.१ बिसन मगर उदयमान खेलाडी हुनुभएको छ ।

महिला तर्फ बिजेता वडाका ईमकला मगर बेष्ट किपर,सुस्मिता मगर हाई स्कोरर र उत्कृष्ट खेलाडी हुनुभएको छ भने र वडा नं.५ बोधेका आकृति तामाङ्ग उदयमान खेलाडी घोषित हुनुभएको छ ।

बिजेता तथा उपबिजेता टोलीलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका पूर्वराज्य मन्त्री तथा प्रदेश सभा सदस्य निरन राई, विशेष अतिथि चौविसे गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङ, उपाध्यक्ष टंकमाया पाङ्गमी मगर, निमित्त प्रमुख प्रशासकीय अधिकृत शोभितकुमार तुम्वा,चौविसे गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष धनवहादुर मगर लगाएतले पुरस्कार बितरण गर्नुभएको थियो ।

प्रतियोगितामा आठ वटा वडाका आठ पुरुष र आठ महिला गरी जम्ममा १६ टोलीको सहभागिता रहेको थियो ।

नकआउटका आधारमा खेलाईएको उक्त खेलमा २३ बर्षका तीन खेलाडी सहित २० बर्ष भन्दा मुनिका खेलाडीहरुको सहभागीता रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।