पाख्रीवासका बिद्यार्थीलाई उपचार तथा परामर्श सेवा

शर्मिला राई,धनकुचा ।धनकुटाको पाख्रीवास नगरपालिका वडा न ६ फलाटे स्थितको श्री अमर माद्यमिक विद्यालयका विद्यार्थीहरुलाई आज उपचार तथा मनोपरामर्श सेवा प्रदान गरिएको छ ।

विगत लामो समयदेखी विद्यार्थीहरुमा देखिएको समस्या समाधानका लागि उनिहरुलाई मनोपरामर्श सेवा प्रदान गरिएको हो । विद्यालयका प्रधानाध्यापक दिपेन्द्र राईका अनुसार विद्यार्थीहरुमा विगत २०५५/५६ साल देखी केही विद्यार्थीहरुमा रुने, चिच्याउने,बरबराउने,भाग्ने लगायकाे समस्या देखिदै आएकाे छ ।

यस्तो समस्या हुँदै आउदा समाजिक मूल्य मान्यता अनुसार झारफुक गर्ने, विद्यालयमा पूजापाठ लगाउने सहितका कार्यहरु गरिएको थियो । तर पछिल्लो समय गत वैशाखदेखी झन बढी विद्यार्थीहरुमा यस्तो समस्या देखीएपछि नगरपालिका समक्ष कुरा राखेर आज उनिहरुलाई मनोपरामर्श सेवा दिईएको हो ।

पाख्रीवास नगरपालिकाका नगर प्रमुख ज्ञान बहादुर गुरुङको उपस्थितीमा विराट नर्सिङ होम बिराटनगरबाट आएका मानसिक रोग विशेषज्ञ डा. अजिता पौडेल सहित १६ जनाको टोलिले विद्यार्थीहरुलाई मनोपरामर्श सेवा दिएको नगर प्रमुखको सचिवालयले जनाएको छ साथै अभिभावक तथा शिक्षकहरुलाई समेत यो सेवा प्रदान गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖