धनकुटा कांग्रेसले सातैपालिकामा जनप्रतिनिधिहरुको भेला गर्ने

धनकुटा । नेपाली कांग्रेस धनकुटाको आज सम्पन्न जिल्ला समितिको बैठकले धनकुटाको सातवटै पालिकामा माग महिना भित्र जनप्रतिनिधिहरुको भेला गर्ने निर्णय गरेको छ ।

नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राईको अध्यक्षतमा आज सम्पन्न भएको बैठकले धनकुटाको सातवटै पालिकामा जनप्रतिनिधिहरुको माघ महिना भित्र भेला गर्ने त्यसका लागी जिल्ला सचिवहरु विजय सन्तोषी राई,जयन्द्र घसिग र कोषाध्यक्ष सरस्वती मगरलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

नेपाली कांग्रेस धनकुटाको उक्त बैठकले माघ मसान्त भित्रमा क्रियाशिल सदस्यता वितरण गरेर जिल्ला समितिमा बुझाउनका लागी समयावधि तोकेको र समुदायमा कांग्रेस अभियान धनकुाका सवै वडाहरुमा जिल्लाबाट खटिएका प्रतिनिधिहरुले वडाहरुमा र जिल्ला समितिले सातवटा पालिकामा र जिल्लामा कार्यक्रम गर्ने र राष्टिय सभाको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवाहरलाई विजयी गराउन क्रियाशिल हुने निर्णय गरेको जिल्ला सचिव विजय सन्तोषी राईले वताउनु भयो ।

बैठकमा नेपाली कांग्रेस धनकुटा जिल्लाका पदाधिकारीहरु,जिल्ला सदस्यहरु,महासमिति तथा महाधिवेशन प्रतिनिधिहरु,भात्तु तथा सुभेच्छुक संस्थाका अध्यक्षहरुकोले आ आफ्नो धारणा राख्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।