झण्डा बोक्न र नेताको स्तुतीगान गर्न छोडेर विद्यार्थीको समस्या समाधानका साथै देश बनाउन विद्यार्थी नेताहरु जुट्नु पर्छ: मुख्यमन्त्री कार्की

विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विद्यार्थी नेताहरूलाई झण्डा बाेक्न र नेताकाे स्तुतीगान गर्न छाेडेर विद्यार्थीकाे समस्या समाधानका साथै समाज र देश बनाउन जुट्नु पर्ने बेला भएकाे बताएका छन् ।

पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पस धरानका विद्यार्थीहरूले आयाेजना गरेकाे राष्ट्रिय प्रविधि मेला ´डेल्टा ४.०`काे समापन कार्यक्रममा आइतबार मुख्यमन्त्री कार्कीले विद्यार्थीहरूले अब नेताकाे पछि लाग्नुभन्दा पनि समाज र देशकाे लागि काम गरेर नमूना प्रदशर्न गर्नुकाे विकल्प नभएकाे बताएका हुन् । ´अहिलेका विद्यार्थी समाजिक सञ्जालमा भ्रष्टाचार भयाे भनेर लेख्दै चित बुझाइरहेकाे अवस्थामा परिवर्तन ल्याउनु जरूरी छ,` उनले भने, ´समाजिक सञ्जालमा भ्रष्टाचार भएकाे पाेष्ट्याएर फेरि नेताकाे स्तुति गानमा लाग्ने गरेकाे देखिन्छ । के स्तुति गान र समाजिक सञ्जालकाे पाेष्टले देश सुध्रिन्छ ? देश विकासका लागि एक कदम अगाडि बढेर काम गरेर देखाउनु पर्लैन ?`

क्याम्पसलगायतका शैक्षिक संस्थाहरू अहिले ज्ञान बाँड्ने थलाे भन्दा पनि सर्टिफिकेट बाँड्ने कार्यालय मात्रै भएकाे भन्दै मुख्यमन्त्री कार्कीले प्रश्न उठाएका छन् । ´शैक्षिक संस्थालाई ज्ञानकाे मन्दिर बनाइराख्न विद्यार्थी नेताकाे भूमिका खाेइ ?, के विद्यार्थी नेताकाे काम नेताहरूकाे घर चहार्ने र स्तुतिगान मात्रै हाे ?,` उनले भने, ´अब विद्यार्थीहरू रचनात्मक काममा लाग्नुकाे विकल्प छैन । क्याम्पसहरूलाई किताबी ज्ञान बाँड्ने थलाेलाई अध्ययन र अनुसन्धानमा केन्द्रित गरेर समाज परिवर्तन गर्नु आवश्यक छ ।`

संसारका अधिकांश वैज्ञानिकहरू किताब पढेर र शैक्षिक संस्थामा अध्ययन गरेर नभई समाज तथा प्रकृतिकाे गहन अध्ययनले वैज्ञानिक भएकाे सबै विद्यार्थीहरूले पढ्ने गरेकाे तर त्यसलाई बिर्सेर किताबी ज्ञान मात्रै लपने गरेकाे दैखेर उदेक लागेकाे मुख्यमन्त्री कार्कीले बताएका छन् । त्यसैले समाज, प्रकृति र देश पढ्ने, अध्ययन र अनुसन्धान गरेर देश र समाज परिवर्तनका लागि याेगदान गर्ने विद्यार्थीकाे साथ प्रदेश सरकारकाे रहने उनले प्रतिबद्धता जनाएका हुन् । प्रदेश सरकारले तुइन मैत्री प्रदेश बनाउन ल्याएकाे याेजना सफल बनाउन यस क्याम्पसमा इञ्जिनियरिङ पढ्ने विद्यार्थीहरूसँग सहकार्य गर्न मुख्यमन्त्री कार्कीले आह्वान गरेका छन् ।

उनले आर्किटेक्चर इञ्जनियरहरूलाई प्रदेश निर्माण भइरहेकाे एकीकृत वस्ती र अब निर्माण हुने त्यस्ता वस्तीहरूकाे फरक ढंगले प्रदेश सरकारसँगकाे सहकार्यमा उदाहरणीय डिजाइन गरेर सबै विद्यार्थीलाई प्रतिभा देखाउन आग्रह गरेका हुन् । प्रदेशभरि निर्माण भइरहेका सडक, भवनलगायतका भाैतिक संरचनाकाे प्राविधिकीय दृष्टिकाेणले अनुगमन गरेर प्रदेश सरकारलाई प्रदेशमा सुशासन कायम गर्न मुख्यमन्त्री कार्कीले आह्वान गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।