धनकुटाका राई सहित ४ जना पक्राउ

बिराटनगर, ८ माघ । धनकुटा र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो धनकुटाको धनकुटा नगरपालिका – ७ बसपार्क स्थितमा जिल्ला प्रहरी कार्यलय धनकुटाबाट खटिएका प्रहरी टोलिले शंकालागि चेक जाँच गर्दा धनकुटा नगरपालिका – ७ बस्ने २१ वर्षिय किरण राईको साथबाट प्रतिबन्धित लागुऔषध ट्रामाडोल ३७० क्यापसुल र डिकोलिक ३६९ ट्याव्लेट फेला पारेसंगै निजलाई पक्राउ गरेको हो ।

यसैगरी मोरङको बिराटनगर महानगरपालिका – १५ स्थित एक नम्बर ढाटमा स्थित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको टोलिले भारतबाट नेपाल तर्फ आउदै गरेको पैदलयात्री मोरङ जहदा गाउपालिका- ५ लक्ष्मनीया बस्ने २६ वर्षिय रंजित कुमार शर्माको साथबाट ३ सय ४० मिलिग्राम लागुऔषध ब्राउनसुगर फेला पारी नियन्त्रणमा लिएको हो भने सुनसरी दुहवी नगरपालिका- ८ सोनापुर बस्ने २४ वर्षिय मो. शहवाज र सन्तोष सिहको साथबाट १ ग्राम ७ सय ५० मिलिग्राम लागुऔषध ब्राउनसुगर फेला पारी नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेको उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।