कोशीमा पौष महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

बिराटनगर, ८ माघ । इलाका प्रहरी कार्यालय चतरा, सुनसरीमा कार्यरत प्रहरी बरिष्ठ नायव निरीक्षक टिकाराम खत्री र जिल्ला प्रहरी कार्यालय भोजपुरमा कार्यरत प्रहरी जवान प्रकाश राई २०८० साल पौष “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित भएका छन ।

विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी बरिष्ठ नायव निरीक्षक टिकाराम खत्रीले २६६ किलोग्राम अवैध लागू औषध गाँजा बोकेको मे. १ च ५१९ नम्बरको एम्बुलेन्स, प्रदेश १-०२-०४७ प १२१६ नम्बरको मोटरसाईकल र को. २६ प ९४६३ नम्वरको स्कुटर सहित गाँजा ओसार पसारमा संलग्न भोजपुर हतुवागढी गाउँपालिका-४ का ३३ बर्षिय भुवन तामाङलाई पक्राउ गरेको साथै ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी धरान उपमहानगरपालिका-१७ का योगेन्द्र लिम्बुलाई पक्राउ गर्न सफल भएको र प्रहरी जवान प्रकाश राईले कर्तव्य ज्यान सम्बन्धी मुद्धामा सम्मानित भोजपुर जिल्ला अदालतको फैसलाले जनही ३ वर्ष कैद सजाय भई विगत ३० वर्ष देखि फरार रही ललितपुर महानगरपालिका-२५ स्थितमा डेरा गरी बस्दै आएका भोजपुर टेम्केमैयुङ गाउँपालिका-५ का ४६ बर्षिय पूर्ण हाङ राई समेत ६ जना प्रतिवादीहरूलाई खोजतलासको क्रममा फेला पारी पक्राउ गरी सम्मानित जिल्ला अदालत भोजपुरमा बुझाउन सफल भएकोले उनिहरुलाई दिइएको जिम्मेवारी उच्च मनोबलका साथ निर्वाह गरी उत्कृष्ट तथा प्रशंसनीय कार्य गरेको हुँदा उनिहरूले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मूल्याङ्कन गर्दै २०८० साल पौष “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरी पुरस्कृत गरिएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।