धनकुटाको कार्यालयहरु धनकुटामा नै राख्न कांग्रेस नेता पूर्व मन्त्री कार्कीको पहल

धनकुटा,८ माघ । पूर्व मन्त्री तथा नेपाली कांग्रेसका प्रभवाशाली नेता ज्ञानेन्द्र वहादुर कार्कीले आज धनकुटामा आयोजिन कार्यकर्ता भेला तथा अन्र्तक्रिया कार्यक्रममा धनकुटामा रहेका सरकारी कार्यालयहरु धनकुटामानै राख्नका लागी पहल गर्ने वताउनु भयो ।

धनकुटाबाट केही कार्यालयहरु अन्य जिल्लामा सार्ने तयारी भैरहेको भन्ने चर्चा चलिरहेको अहिलेको समयमा काग्रेसका प्रभावशाली नेता समेत रहनु भएका पूर्व मन्त्री ज्ञानेन्द्र वहादुर कार्कीले धनकुटा पहिलो देखीनै केन्द्रको रुपमा रहेकाले धनकुटाबाट अन्यत्र कार्यालयहरु सार्ने काम गर्नु नहुने वताउनु हुदै ति कार्यालयहरु धनकुटामानै राख्नका लागी आफुले पहल गर्ने वताउनु भयो ।

नेता कार्कीले अहिले कांग्रेस भित्र पूर्ण एकता आवाश्यक रहेको वताउनु हुदै कांग्रेस भित्र एकता भएमा कांग्रेसलाई कुनै पनि शक्तिले हराउन नसक्ने समेत दावी गर्नु भयो ।

नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईको अध्यक्षतमा सम्पन्न भएको उक्त कार्यक्रममा संविधान सभा सदस्य लिला सुब्बा,पाख्रिवास नगरपालिकाका मेयर ज्ञान वहादुर गुरुग,नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई,सहसचिव गिरिजा प्रसाद दाहाल लगायतले धनकुटा अस्पतालको जग्गा प्राप्तीको लागी र स्वास्थ्य बिमाबाट उपचार गराउदा अहिले १० प्रतिशत शुल्क लिन शुरु गरिएकोले यसलाई हटाउन पहल गर्न माग गर्नु भएको थियो । यसैगरी धनकुटाबाट केही सरकारी कार्यालयहरु अन्यत्र सार्न लागिएकोले यसलाई रोक्नका लागी समेत पहल गर दिन अनुरोध गर्नु भएको थियो ।

नेपाली कांग्रेसका प्रभावशाली केन्द्रिय सदस्य तथा पूर्व मन्त्री ज्ञानेन्द्र वहादुर कार्कीलाई नेपाली कांग्रेस धनकुटका कोषाध्यक्ष सरस्वती मगर,जिल्ला सदस्य अम्विका धमलाले फुलमाला लगाई दिई स्वागत गर्नु भएको थियो ।

कांर्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्यहरु,महाधिवेशन प्रतिनिधिहरु,जिल्ला सदस्यहरु भात्तृसंस्था तथा शुवेच्छुक संस्थाहरुका पदाधिकारीहरुले र कांग्रेसजनहरुले धनकुटाको विकास र समृद्धीका लागी र धनकुटाबाट अन्यत्र कार्यालयहरु सार्न नदिन पहल गरीदिन माग गर्नु भएको थियो ।

सो अवसरमा नेपाली कांग्रेसका प्रदेश कार्य समितिका सदस्य नबिन किशोर शाक्य,महासमिति सदस्यहरु सिता प्रधान,सुमना तिम्सिना,महेन्द्र निरौला,,गंगा पूर्व सचिव रविन्द्र नेपाली,अग्रज इन्द्र ढुर्गेल,ढुंगाना,नेपाल तरुण दलका केन्द्रिय सदस्यहरु तिलक महत,युवराज पराजुली,क्षेत्रिय उपसभापति मिलन खड्गी,नगर सभापति नरेश श्रेष्ठ लगायतले समेत धनकुटा अन्यायमा परेकाले न्याय दिनका लागी पहल गरी दिन पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र वहादुर कार्की समक्ष अनुरोध गर्नु भएको थियो ।

धनकुटामा रहेको प्रदेश स्वास्थ्य निर्देशनालय विराटनगर सार्न लागिएको ,तथ्याङ्ग कार्यालय धनकुटाबाट हटाउन लागिएको र पाख्रिवास कृषि अनुसन्धान केन्द्रबाट चिया अनुन्धान लगायतका केही शाखा ईलाम सार्न लागिएकोले नेपाली कांग्रेस धनकुटाले ति कार्यालयहरु धनकुटामानै राख्नका लागि पहल गरिरहेकोले नेपाली कांग्र्ेसका नेता तथा पूर्व मन्त्री ज्ञानेन्द्र वहादुर कार्कीलाई पनि ति कार्यालयहरु अन्यन्त्र नसारी धनकुटामानै राखीराख्नका लागी विशेष पहल गरीदिनका लागी माग गरिएको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले जानकारी दिनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖