धनकुटामा प्रहरी सहायक हवल्दार कार्की पुष महिनाको उत्कृष्ट प्रहरी घोषित

धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटाद्वारा प्रहरी सहायक हवल्दार लाल बहादुर कार्की पुष महिनाको सर्बोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

सर्बोत्कृष्ट घोषित भएका कार्कीले विभागीय मूल्य-मान्यता,आदेश – निर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लीन रही उच्च मनोबलका साथ जिल्ला प्रहरी कार्यालय धनकुटाको कर्मचारी प्रशासन र अन्वेषण योजना शाखामा कार्यरत रही तोकिएको जिम्मेवारी प्रति लगनशील भई अनुशासित एवं ईमान्दारीका साथ कार्यालयको दैनिक कामकाज छिटो छरितो माध्यमबाट कुशलतापूर्वक कार्य सम्पादन गर्नुको साथै कार्यालयमा रहेका बिद्युतिय उपकरण ( कम्प्युटर, प्रिन्टर, WiFi, बिद्युत प्रवाह, CCTV लगायत अन्य) हरुको मर्मत सम्भार गरी प्रहरी काम कारवाहीलाई छिटो छरितो र प्रबिधी मैत्री बनाउन महत्वपुर्ण भूमिका निर्वाह गरी उत्कृष्ट तथा प्रशंसनीय कार्य गरेको पाइएको हुँदा ईलाका प्रहरी कार्यालय भेडेटार धनकुटा दरबन्दी भई यस कार्यालयमा कार्यरत प्रहरी सहायक हवल्दार लाल बहादुर कार्कीलाई निजले गरेको उत्कृष्ट कार्य सम्पादनको उच्च मुल्याङकन गर्दै २०८० साल पुष महिनाको उत्कृष्ट प्रहरी (POLICE OF THE MONTH) घोषणा गरिएको छ उल्लेख छ ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै जिल्ला प्रहरी कार्यालय धनकुटाले जिल्ला भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖