धनकुटाको महालक्ष्मीमा लेगुवा झर्ना झाेलुङ्गे पुल निर्माण कार्य सम्पन्न
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं २ स्थितको लेगुवामा लेगुवा झर्ना झाेलुङ्गे पुल निर्माण कार्य सम्पन्न भएको छ ।
नवनिर्मित झाेलुङ्गे पुल ४३ लाख लगतमा निर्माण गरिएको पर्डेप नेपाल धनकुटाका कार्यकारी निर्देशक मीन प्रसाद सुवेदीले जानकारी दिनुभयो ।
जस अन्तर्गत महालक्ष्मी नगरपालिकाको २ लाख ८५ हजार र बांकी रकम संघीय सरकारबाट प्राप्त अनुदानबाट निर्माण गरिएको कार्यकारी निर्देशक सुवेदीले जानकारी दिनुभयो ।
गरिबी निवारण तथा ग्रामीण विकास कार्यक्रम पर्डेपनेपाल धनकुटाकाे प्राविधिक सहयोगमा निर्माण गरिएको हाे । पुल निर्माण कार्य २०८० साल सावनबाट सुरुवात गरेको थियो ।


