उखु र अदुवा पछि बेसारको ‘ब्रान्डिङ’ गर्दै सहकारी

गलकोट (बागलुङ), १२ माघ : अधिकांश सहकारी उद्देश्यअनुरुप नचलेको गुनासोकाबीच यहाँको एक सहकारीले बहुआयामिक उत्पादनलाई शेयर सदस्यलाई जोड्न थालेको छ । छ वर्षदेखि उखु र अदुवा उत्पादन गर्दै आएको बागलुङको सिमृक कृषि तथा पशु व्यावसायिक सहकारी संस्थाले यस वर्षदेखि बेसारलाई ‘ब्रान्डिङ’ गरेर बजार पठाएको छ ।

सहकारीले बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराको दुई स्थानमा १० रोपनी बाँझो जग्गा भाडामा लिएर उखुखेती गर्दै आएको थियो भने तीन वर्षयता बागलुङ नगरपालिका–४ कुँडुलेमा दुई रोपनी जग्गा भाडामा लिएर बेसारखेती गर्दै आएको छ । यस्तै तितौरेमा दुई रोपनी जग्गामा अदुवाखेती गर्दै आएको छ ।

सहकारीले उत्पादन गरेको बेसारलाई यस वर्षदेखि ब्रान्डिङ गरेको छ । सहकारी संस्थाले वार्षिक २० क्विन्टल उखु बिक्री गर्दै गरेको थियो । यस वर्ष सहकारीले एक लाख बराबरको बेसार बिक्री गरेको र अन्य बीउलाई सदस्यमा सापटी दिएको सहकारीका कोषाध्यक्ष तथा कुँडुलेका अगुवा कृषक जग्गन्नाथ सापकोटाले बताउनुभयो ।

“सहकारीले बेसारखेती गर्न थालेको दुई वर्ष भयो, यस वर्षबाट बेसार बिक्री गर्न थालेका छौँ”, एक लाख बराबरको बेसारलाई ब्रान्डिङ गरेर बिक्री ग¥यौ, अन्य बेसार सोही जग्गामा लगायाँै भने बाँकी बीउ पँुजीका लागि सदस्यलाई वितरण गरिएको छ, वितरण गरेको बीउ अर्को वर्ष सहकारीलाई नै फिर्ता गर्नु पर्दछ”, उहाँले भन्नुभयो, “तितौरेमा दुई रोपनी जग्गामा अदुवा उत्पादन गर्दै आएका छौँ, सहकारीले कृषिउपजको बजारीकरणसँगै सदस्यलाई कृषिमा आत्मनिर्भर गराउनका लागि अदुवा र बेसारको बीउ सापटी दिने प्रचलन हाम्रो सहकारीमा छ ।”

सहकारीका आठ सय शेयर सदस्यमध्ये अधिकांश सदस्य कृषक भएकाले उनीहरुलाई अदुवा र बेसारको बीउ वितरण गर्दै आइएको छ । सहकारीले तीन ठाउँमा उखु, बेसार र अदुवा उत्पादन गर्दै आएको छ भने बेसार र अदुवाको बीउ सदस्यलाई वितरण गरिन्छ भने बाँकी रहेको बेसार र अदुवा बजारमा बिक्रीका लागि पठाउने गरिएको छ ।

बागलुङ नगरपालिका–७ तितौरेमा दुई रोपनी जग्गामा सहकारीले नै अदुवाखेती गर्दै आएको छ । सहकारीले ठूलो परिणाममा उत्पादन गर्न नसके पनि सदस्य लक्षित उत्पादन गरिरहेको सहकारीका अध्यक्ष चूडामणि उपाध्यायले जानकारी दिनुभयो । उपाध्ययका अनुसार गत पुसमा आयोजना गरिएको साधारणसभामा बेसारलाई मायाको चिनोका रुपमा अतिथिलाई दिइएको थियो ।

“सहकारीका सदस्यलाई कृषिमा प्रोत्साहन गर्ने हाम्रो नीति छ, अहिले सापटी बीउ दिने, थपेर फिर्ता लिने र बजारमा अर्को वर्ष बिक्री गर्ने नीति ल्याएको छ”, अध्यक्ष उपाध्ययले भन्नुभयो, “सुरुसुरुमा सदस्यलाई बीउ दिनेगरी मात्रै उत्पादन ग¥र्यो, सदस्यबाट फिर्ता आउन थालेपछि यस वर्षदेखि ब्रान्डिङ गरेर बिक्री गर्न थालेका छौँ ।”

बेसालाई पिसेर ब्रान्डिङको काम यस वर्ष सुरु भएको छ । पहिलो वर्ष रु ५० हजारको बेसार बिक्री गरेको छ । बर्सेनि बेसार र अदुवाको उत्पादनका लागि सदस्यलाई सापटी बीउ दिने र थपेर सदस्यले फिर्ता गर्ने नीति लिइएको उपाध्यायको भनाइ छ । बिक्री गर्न नसकेका किसानको उत्पादनसमेत खरिद गरेर बजार खोज्ने काम सहकारीले गर्दै आएको छ । सहकारीले पाँच केजी अदुवाको बीउ सापट दिएको कृषकलाई उत्पादनपछि छ केजी फिर्ता गर्नेगरी किसानलाई कृषिमा प्रोत्साहन गरिरहेको छ । सहकारी संस्थाको शेयरपुँजीको ४० प्रतिशतभन्दा बढी लगानी व्यावसायिक उत्पादनमा लगाउने गरी सहकारी योजनाबद्ध ढङ्गले अघि बढेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।