झापाबाट ब्राउन सुगर सहित १ जना पक्राउ
झापा, माघ १२ । झापाको भद्रपुर नगरपालिका ५ स्थित मेचीपुलबाट लागुऔषध ब्राउन सुगर सहित १ जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा भद्रपुर नगरपालिका ९ का ३३ बर्षीय नरेश राजवंशी रहेका छन् ।
हिजो दिउसो ११ बजे अस्थाई प्रहरी पोष्ट मेचीपुलबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल साईकलमा आउदै गरेका राजवंशीलाई लागुऔषध ब्राउन सुगर ७३० मिलिग्राम सहित पक्राउ गरिएको हो ।
पक्राउ परेका उनको वडा प्रहरी कार्यालय भद्रपुरबाट थप अनुसन्धान भईरहेको छ ।


