वीडीईसीडीवीसँगको सहकार्यमा महानगरद्वारा बाल स्वास्थ्य शिविर सञ्चालन

विराटनगर । विराटनगर महानगरपालिकाले वीडीईसीडीवी मल्टी रेसिड एण्ड जेभी संस्थासँगको सहकार्यमा विराटनगर वडा नम्बर २ मा बाल स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

बाल स्वास्थ्य शिविरको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र वडा नम्बर २ का अध्यक्ष कुमार पोखरेलले शुभारम्भ गर्नुभयो । बाल स्वास्थ्य विशेष कार्यक्रमअन्तर्गत शिविर आयोजना गरिएको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिनुभयो । शिविरमा आएका ५ वर्षभन्दा मुनिका सबै बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरी उनीहरुलाई औषधि उपचार गरिन्छ ।

त्यस्तै सरसफाईलाई प्रवद्र्धन गर्नका लागि शिविरमा सहभागी हुने सबै बालबालिकाका लागि हात धुने साबुन वितरण गरिने डा. कविता अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार खासगरी शिविरमा ५ वर्षमुनिका बालबालिकाको पोषण स्थिति लेखाजोखा गरी कुपोषण भएका बालबालिकाको पहिचान गरी ती बालबालिकाहरुको पोषण स्थिति सुधारका लागि पोषण सामग्रीसमेत वितरण गरिन्छ ।

कुपोषण पहिचान बालबालिकाहरुलाई दाल, चामल, गेडागुडी, अण्डा, केरा, दूधलगायतका पोषण सामग्री ३ महिनाका लागि वितरण गरिन्छ । कुपोषित बालबालिकाहरुको स्वास्थ्य अवस्था सुधार भए नभएको भनी घरमै गएर पोषणको लेखाजोखासमेत गरी उचित व्यवसथापन गर्दै बालबालिकाको बिरामी र मृत्युदर घटाउन विभिन्न कार्यक्रम सञ्चालन गरिने वीडीईसीडीवी मल्टी रेसिड एण्ड जेभीमा आबद्ध डा. सुरेन्द्र बस्नेतले बताउनुभयो ।

यस्तै शिविरमा बालबालिका लिएर आउने आमाहरुलाई बालबालिकाको स्वास्थ्य स्याहारका लागि परामर्शसमेत दिइने उहाँले जानकारी दिनुभयो । शिविरमा उपचार हुन नसक्ने बालबालिकाहरुलाई अस्पतालसँग समन्वय गरेर सम्पूर्ण उपचार निःशुल्क गर्ने व्यवस्था पनि मिलाइने डा. बस्नेतको भनाइ छ । बाल स्वास्थ्य विशेष कार्यक्रमअन्तर्गत यसअघि वडा नम्बर १२, १४, १७, १८ र १९ वटामा विभिन्न कार्यक्रम सञ्चालन भइसकेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।