इलाम भित्रिने पर्यटकको सङ्ख्यामा वृद्धि

फिक्कल (इलाम), १३ माघः इलामको पर्यटन लयमा फर्कन थालेको छ । कोरोना महामारीका कारण पछिल्लो तीन वर्ष थलिएको इलामको पर्यटन लयमा फर्कन थालेको हो ।

पछिल्लो समय इलाममा भित्रिने पर्यटकहरुको सङ्ख्यामा वृद्धि भएको पाइएको छ । जिल्लाका दर्जनौँ पर्यटकीयस्थल घुम्न जिल्ला बाहिरबाट आउने आन्तरिक र बाह्य पर्यटकको सङ्ख््या बढ्न थालेको छ । झापाबाट मेची राजमार्गको इलाम प्रवेशद्वारमा रहेको पर्यटन सूचना केन्द्र जोरकल रोङको तथ्याङ्कअनुसार पछिल्लो समय इलाम घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि भएको हो ।

चालु आर्थिक वर्ष २०८०÷८१ छ महिनामा ८५ हजार तीन सय २६ जना पर्यटक इलाम भित्रिएका हुन् । गत साउन १ देखि पुस मसान्तसम्म ७४ हजार सात सय ७७ आन्तरिक र १० हजार पाँच सय ४९ जना विदेशी पर्यटक इलाम भित्रिएको पर्यटन सूचना केन्द्रका सूचना अधिकारी गगन घिमिरेले राससलाई जानकारी दिनुभयो ।
गत साउनमा एक हजार दुई सय ८९, भदौमा नौ सय १८, असोजमा दुई हजार एक सय ४५, कात्तिकमा १८ हजार तीन सय तीन, मङ्सिरमा २६ हजार पाँच सय ४८ र पुसमा ३६ हजार एक सय २२ जना पर्यटक इलाम घुम्न आएको सूचना अधिकारी घिमिरेले जानकारी दिनुभयो ।

पर्यटन सूचना केन्द्रका अनुसार जोरकलश हुँदै गत आव २०७९÷८० मा एक लाख ३३ हजार चार सय ४५ जना पर्यटक भित्रिएका थिए । त्यसअघि आव २०७८÷०७९ मा एक लाख २९ हजार पाँच सय ८१ जना पर्यटक इलाम घुम्न आएका थिए । कोरोना सङ्क्रमण बेला आव २०७७÷७८ मा २९ हजार आठ सय ११ मात्र इलाम घुम्न आएको पर्यटन सूचना केन्द्रको तथ्याङ्क छ ।

“उल्लिखित तथ्याङ्क जोरकलश प्रवेशद्वारबाट जिल्ला भित्रिएका पर्यटकको मात्र हो । जिल्लाका अन्य क्षेत्र माई नगरपालिकाको सुखानी, माङसेबुङ गाउँपालिकाको बाँझो, सूर्याेदय नगरपालिकाको पशुपतिनगरबाट पर्यटक भित्रिने गरेका छन्”, सूचना अधिकारी घिमिरेले भन्नुभयो, “कोरोनाकालपछिको पछिल्लो ३ वर्ष जिल्ला भित्रिने पर्यटकहरुको सङ्ख्या दिनानुदिन बढिरहेको छ ।”

इलामका पर्यटकीय क्षेत्रहरु कन्याम, श्रीअन्तु, पशुपतिनगर, फिक्कल, सन्दकपुर, माईपोखरी, ढापपोखरी, पानीटार, कुइभिर, गजुरमुखी, माङमालुङजस्ता क्षेत्रमा बर्सेनि आन्तरिक र बाह्य पर्यटकहरु घुम्न आउने गरेका छन् ।
-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।