आचार्य कल्याण समाज मोरङको अध्यक्षमा पुनः पदम प्रसाद आचार्य

विराटनगर, १३ माघ । आचार्य कल्याण समाजको ११ औं साधरणसभाबाट पुनः पदमप्रसाद आचार्यको अध्यक्षतामा १९ सदस्यीय जिल्ला समिति गठन भएको छ ।

मोरङको बेलबारीस्थित लक्ष्मीमार्गमा रहेको कौण्डिन्य आचार्यहरुको सांस्कृतिक केन्द्रमा बसेको साधारणसभाले २ वर्षे कार्यकालका लागि नयाँ समिति निर्माण भएको हो । २०६४ सालमा स्थापित कल्याण समाजको उपाध्यक्षमा जयधर्म आचार्य, शिव आचाई र दुर्गा रिजाल आचार्य चयन भएका छन् । सचिवमा ठाकुर प्रसाद आचार्य, सहसचिवमा गणेश आचार्य र कोषाध्यक्षमा सन्तोष आचार्य चयन भएका छन् ।

समाजको सदस्यहरुमा चक्रप्रसाद आचार्य, देवीप्रसाद आचार्य, गुणराज आचार्य, गोपाल आचार्य, लिलाप्रसाद आचार्य, मुरारी आचार्य, नारायण प्रसाद आचार्य (ए), नारायणप्रसाद आचार्य (बि), रोशन आचार्य, कालिप्रसाद आचार्य, विनिता भारती आचाई र जानूका दाहाल आचार्य चयन भएका छन् । उक्त साधरणसभाले जिल्ला कार्यसमितिको सल्लाहकारमा १४ जनालाई चयन गरेको छ । जसमा जीवन आचार्य, चुँडामणि आचार्य, बालकृष्ण आचार्य, भवकृष्ण आचार्य, मिन कुमार आचार्य, हरिप्रसाद आचार्य, गंगा प्रसाद आचार्य, शान्तिप्रसाद आचार्य, मिता आचार्य, हिराप्रसाद आचार्य, छत्रमणि आचार्य, अम्बिका प्रसाद आचार्य रहेका छन् ।

साधरणसभाले सबै पालिकाका आचार्य कल्याण समाजका अध्यक्षहरुलाई जिल्लाको पदेन सदस्य रहने निर्णय पनि गरेको छ । यस्तै आचार्य बन्धुहरुको हकहित र सांस्कृतिक सम्पदाहरुको संरक्षणको लागि कोष खडा गर्न आगामी २०८१ मंसिरमा वृहत महायज्ञ पुराण लगाउने निर्णय गरेको छ । अध्यक्ष पदम प्रसाद आचार्यले साधरणसभामा यसअघि भएका गतिविधि र आगामी योजना सहितको प्रतिवेदन पेश गरेका थिए भने कोषाध्यक्ष सन्तोष आचार्यले आर्थिक प्रतिवेदन पेश गरेका थिए । आवश्यक छलफलपछि दुवै प्रस्ताव सर्वसम्मतिले पारित भएको अध्यक्ष आचार्यले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।