धनकुटा कांग्रेसले समुदायमा कांग्रेसका लागी वडा प्रतिनिधिहरु खटायो

धनकुटा,१३ माघ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व राज्य मन्त्री तारामान गुरुङ्गको प्रमुख आथित्यमा र जिल्ला सभापति दिनेश राईको अध्यक्षतमा आज भएको वृहत बैठकले पालिका र वडामा प्रतिनिधिहरु खटाएको छ ।

सो अवसरमा केन्द्रिय सदस्य तारामान गुरुङ्गले अव कांग्रेस समुदाय स्तरमा सम्म पुगी जनताको भावना र चाहना अनुरुप अगाडी बढ्ने वताउनु भयो ।

समुदायमा कांग्रेस अभियानको वारेमा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले प्रकाश पार्नु भएको थियो भने स्वागत मन्तव्य अर्का सचिव जयन्द्र घिसिङ्ग गर्नु भएको थियो ।

कार्यक्रम संविधान सभा सदस्य लिला सुब्बा,प्रदेश कार्य समितिका सदस्य नविन किशोर शाक्य,पाख्रिवास नगरका मेयर ज्ञान वहादुर गुरुग,छथरजोरपाटी गाउपालिका अध्यक्ष छत्र सुब्बा,महासमिति सदस्यहरु सुुुमना तिम्सिना, गंगराम ढूगाना,सिता श्रेष्ठ,सहसचिव गिरिजा प्रसाद दाहाल,कोषाध्यक्ष सरस्वती मगर,सहसचिव गिरिजा प्रसाद दाहाल,धनकुटा नगर कार्य समिति सभापति नरेश श्रेष्ठ,पाख्रिवास नगर कार्य समिति सभापति प्रमे भण्डारी,सागुरीगढी गाउपालिका सभापति नेपाल धन राई,नेपाल तरुण दलका केन्द्रिय सदस्य मदन घिमिरे,लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ धनकुटाका अध्यक्ष नरेन्द्र राई,नेपाल महिला संघ धनकुटाका उपाध्यक्ष अम्विका धमला लगायतले समुदायमा कांग्रेस अभियानले नेपाली कांग्रेसमा रुपान्तरण ल्याउने वताउनु भयो ।

समुदायमा कांग्रेस अभियानका लागी महालक्ष्मी नगरपालिकामा उपसभापति निर्मल प्रसाद ओझा,सागुरीगढी गाउपालिकामा उपसभापति सुनिल कुमार डंगोल,धनकुटा नगरपालिकमामा जिल्ला सचिव विजय सन्तोषी राई,पाख्रिवास नगरपालिकामा सचिव जयन्द्र घिसिङ्ग, चौविसे गाउपालिकामा प्रवक्ता खगेन्द्र प्रसाद घिमिरे,सहिदभूमी गाउपालिकामा सहसचिव रोशन श्रेष्ठ,छथरजोरपाटी गाउपालिकामा सहसचिव गिरिजा प्रसाद दाहाललाई खटाईएको जिल्ला सभापति दिनेश राईले वताउनु भयो ।

यसैगरी धनकुटा नगरपालिकाको वडा नं. १ मा सरस्वती मगर,वडा नं. २ मा भक्त थापा,वडा नं. ३ मा गोविन्द्र वाग्ले,वडा नं. ४ मा सिता श्रेष्ठ,वडा नं. ५ मा रेणु श्रेष्ठ,वडा नं. ६ मा रविन्द्र नेपाली ,वडा नं. ७ मा बुद्धीकान्त घिमिरे,वडा नं. ८ मा निरुपा राई,वडा नं. ९ मा मिन वहादुर कार्की वडा नं. १० मा रुकमान तामाग लाई जिल्ला प्रतिनिधिको रुपमा खटाईएको जिल्ला सचिव विजय सन्तोषी राईले वताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।