प्रदेश एक पुनः नामाङ्कन संघर्ष समितिकाे सुनसरीमा प्रशिक्षण

विजयपुर । ‘काेशी’ नाम खारेजका लागि आन्दोलनरत प्रदेश एक पुनःनामाङ्कन संयुक्त संघर्ष समिति सुनसरीले प्रशिक्षण कार्यक्रम राखेको छ ।

शनिबार धरानमा भएको प्रशिक्षणमा सय हाराहारीमा प्रशिक्षार्थीहरू सहभागी थिए । लिम्बू थरगत सङ्स्था (याक्थुङ सयङ सहजीकरण समुह)का संयाेजक नन्द कन्दङ्वाकाे प्रमुख प्रशिक्षणमा भएको कार्यक्रममा जिल्लामा उपलब्ध राजनीतिक र सामाजिक संगठनका नेताहरूकाे उपस्थिति रहेको थियोे ।

किराया सुनसरी अध्यक्ष राजेन्द्र राईको सभाध्यक्षमा भएको कार्यक्रम जसपा लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष जेन्टल लाओेतीले सञ्चालन गरेका थिए ।

अन्य सहभागीहरूमा नेपाल आदिवासी जनजाती महासङ्घ, किरात याक्थुङ चुम्लुङ संघीय सदस्य सङ्गिता सुब्बा, सुनसरी अध्यक्ष मोहन हुक्पा चोङवाङ, किरात राई यायोक्खा केन्द्रिय सदस्य सुन्सरी इन्चार्ज मानभगत राई, नेपाल शेर्पा संघ केन्द्रीय सदस्य तेन्जिङ शेर्पा, जिल्ला सचिव तेन्जिङ गर्जा शेर्पा,पहिचान सहितको प्रदेश न. १ पुन:नामाङ्कन अभियान समिति सुनसरी जिल्ला अध्यक्ष बुद्धिमान थाम्देन, सचिव दिपकला लिम्बु थिए ।

त्यस्तै, जसपा नेपाल राजनीतिक समिति सदस्य भीम राई, केन्द्रीय सदस्य दुर्गामाया वनेम, प्रदेस १ उपाध्यक्ष दिपेश राई, किरात राष्ट्रिय समिति उपाध्यक्ष बिना राई, सदस्य सीता राई, केदार राई, लिम्बुवान राष्ट्रिय समिति सदस्य कमला रुम्दाली राई, रिता खापुङ, लिला राई, धरान अध्यक्ष ताजुब लिम्बु, एकीकृत समाजवादी पार्टी, नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी (नेपाल जनमुक्ति पार्टी) उपाध्यक्ष भक्त खेवाहाङ, उपमहासचिव विष्णु थाम्देन, गोकर्ण राई, सुनसरी जिल्ला सचिव सीताराम राई, धरान नगर अध्यक्ष कल्पना राई थिए ।

त्यस्तै, संघीय लोकतान्त्रिक राष्ट्रिय मंच संघीय लिम्बुवान प्रान्तीय मंच सुनसरी सचिब पवित्र लिम्बू, धरान अध्यक्ष मोहन तिगेला, नागारिक उन्मुक्ति पार्टी सहसचिव अम्मर इजम, केस रमेश गजमेर, पूर्णकला लिम्बू, विपन्ना राई, प्रदेश उपाध्यक्ष देउमान मेन्याङ्वाे, जिल्ला वरिष्ठ उपाध्यक्ष पदम खेवाहाङ, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मुक्सामहाङ मेन्याङ्वाे, किरात खम्बुवान साझा पार्टी, नेपाल केन्द्रिय अध्यक्ष भूपी काेयू, लिम्बु थरगत संस्था (याक्थुङ सयङ सहजीकरण समूह) – सदस्य नर प्रसाद लुङ्फुङ्वा लगायत थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।