सङ्कटमा पर्दै आरन व्यवसाय

ढोरपाटन (बागलुङ), १४ माघ : फलामबाट विभिन्न औजार निर्माण गर्ने आरन व्यवसाय पछिल्लो केही समययता सङ्कटमा पर्न थालेको छ । पुस्तौँदेखि अङ्गाल्दै आएको यो व्यवसाय पुस्तान्तरण हुन नसक्दा सङ्कटमा पर्दै गएको हो । आधुनिक उपकरणबाट निर्मित आयातित औजारले प्रभाव जमाउनु अघिसम्म आवश्यक देवीदेवताका मूर्तिदेखि घरायसी औजार आरनबाटै बनाइन्थ्यो ।

विगतमा यो व्यवसाय ग्रामीण समाजमा निकै प्रचलितत भएकामा अहिले आरनका साथै नयाँ पुस्ताले यसमा चासो नदिँदा संरक्षणमा चुनौती बढेको छ । बागलुङको निसीखोला गाउँपालिका–३ का ७३ वर्षीय वीरबहादुर विकले अघिल्लो वर्षसम्म आरन सञ्चालन गरेरै जीविकोपार्जन गर्दै आउनुभएकामा बुढ््यौलीले गर्दा अहिले काम गर्न नसक्ने अवस्थामा पुग्नुभएको छ । उहाँका दुई भाइ छोराले पनि सानैदेखि यो काममा चासो नै दिएनन् ।
घरेलु औजार बनाइदिएबापत गाउँलेबाट धान, गहुँ, मकैजस्ता खाद्यान्नको बाली उठाएर परिवारको गुजारा चलाउने गरिन्थ्यो । आफूले १०÷१२ वर्षदेखि नै आरनमा काम गर्न सिके पनि अहिलेका युवाले यसप्रति चासो नदिएको उहाँको गुनासो थियो ।

“यो हाम्रो पुर्खौँदेखिको पेसा हो, मेरा बाउ, बाजे र जिजुबाले आरनको कामबाटै हामीलाई पालेका हुन्, हामी पनि त्यही काम गरेर यो उमेरसम्म आइपुगेका छौँ, अहिले मेरा हात पाखुराले काम गर्न छोडे, आँखाले देख्न छोडे, त्यही भएर काम गर्न सकिएन,” उहाँले भन्नुभयो, “मेरा नातिहरूले पनि यो पेसा गर्नतर्फ ध्यान दिएनन्, पहिले गाउँमा पनि धेरैले आरन चलाएका थिए, अहिले त धेरै घटे, यो पेसा बचाउन नसकिने भयो ।”

निसीखोला–४ का ६५ वर्षीय हीरामान सुनारको आरन व्यवसायबाटै परिवार अहिलेसम्म जसोतसो चल्दै आएको छ । उहाँले लामो समय बालीघरेको रुपमा कामसमेत गर्नुभयो । बालीघरे बनेर काम गर्दा निकै दुःख खेप्नु परेको नमिठो अनुभव पनि हीरामानले सुनाउनुभयो ।

पहिले–पहिले गाउँसँगै बजारमा पनि आरन व्यवसाय व्यापक मात्रामा सञ्चालन हुने गरेकोमा अहिले निकै कम भएको उहाँको भनाइ थियो । सुनारले आफूले दुई दशक बढीसमयसम्म बालीघरेका रुपमा काम गर्दा धेरै समस्या भोग्नु परेको हीरामानले बताउनुभयो । अहिले आरन व्यवसायका लागि चाहिने गोलको पनि अभाव हुँदै गएको छ । बजारमा थुप्रै रेडिमेड फलामका सामग्री पाउन थालेपछि आरनमा बनाइएका फलामका सामग्रीको प्रयोग घट्नाका साथै बालीघरे प्रथा नरहेको उहाँको भनाइ थियो ।

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले सबै पेसालाई संरक्षण गर्न गाउँपालिकाले आवश्यक सहयोग गरिरहेको बताउनुभयो । पछिल्लो समय ग्रामीण क्षेत्रमा प्रचलित धेरै व्यवसाय धरापमा पर्दै गएकाले त्यसलाई संरक्षण गर्न अनुदान दिनाका साथै आधुनिकीकरण गर्न र नयाँ पुस्तालाई यसप्रति आकर्षित गरेर स्वरोजगार बनाइने उहाँको भनाइ थियो ।
-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।