विराटनगर महानगरद्वारा कुष्ठरोगीलाई फाइबर सिरक वितरण

विराटनगर । ७१ औं विश्व कुष्ठरोग दिवसका अवसरमा विराटनगर महानगरपालिकाले सेवाग्राहीहरुलाई प्रत्यक्ष लाभ हुनेगरी कार्यक्रम सञ्चालन गरेको छ ।

महानगर मातहतको स्वास्थ्य संस्थाबाट नियमित रुपमा कुष्ठरोगका औषधि खाने बिरामीलाई प्रत्यक्ष लाभ हुनेगरी विभिन्न कार्यक्रम सञ्चालन गरेको हो । प्रायजसो गरिबीसँगै जोडिएको यो रोगमा अपांगताको दोस्रो श्रेणी भएका बिरामीहरुलाई न्यानो कपडा वितरण गर्दा चिसो मौसममा जीवनयापन गर्न सजिलो हुने भएकाले महानगरले सिरक वितरण गरेको छ ।

कुष्ठरोगका बिरामीहरु आगो ताप्दा हातखुट्टा पोल्दासमेत थाहा नहुने भएकाले जाडोबाट बच्नका लागि सिरक उत्तम उपाय भएकाले निःशुल्क रुपमा वितरण गरिएको स्वास्थ्य महाशाखा जनस्वास्थ्य निरीक्षक भूपेन्द्रकुमार साहले जानकारी दिए । कुष्ठरोगीलाई प्रत्यक्ष लाभ पुग्ने गरी कार्यक्रम गरेर महानगरले दिवस मनाएको उनको भनाइ छ ।

मेयर नागेश कोइरालाको निर्देशनमा आइतबार विराटनगर वडा नम्बर १२, १५, १६, १७ र १९ का ७ जना कुष्ठरोगीलाई सिरक वितरण गरिएको महानगरका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले बताए । हाल महानगर मातहतका स्वास्थ्य संस्थाबाट औषधि सेवन गरिरहेका ७ जना कुष्ठरोगी छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।