धनकुटाको सहिदभूमिमा अवस्थित आदर्श मावि सफाईधापमा पूर्व विद्यार्थी समाज गठन

धनकुटा । धनकुटाको सहिदभुमी गाउँपालिका वडा नं १ मा अवस्थित आदर्श मावि सफाईधापमा पूर्व विद्यार्थी समाज गठन गरिएको छ ।

विद्यालय व्यवस्थापन समितीको आयोजनामा भएको पूर्व विद्यार्थी भेलाले २०५३ सालमा सोही विद्यालयबाट एसएलसी उत्रिर्ण गर्नुभएका पूर्व विद्यार्थी भक्त खड्काको अध्यक्षतामा १० सदस्यीय पूर्व विद्यार्थी समाज गठन गरेको हो ।

समाजका अन्य सदस्यहरुमा भुपाल कार्की, अशोक राई, प्रेम राई, मिना राई, दूर्गा खड्का, काशीराम माझी, छत्र प्रसाद राई, मदन कुमारी राई र शक्ती राई रहेका छन् । एक सदस्य पछि थप गर्ने गरि समाज गठन गरिएको विद्यालयले जनाएको छ ।

भेलामा बोल्दै विद्यालय व्यवस्थापन समितकिा अध्यक्ष कृष्णभगत राईले विद्यालय र समाजको विकासका लागि नवगठित समिती कामयावी हुनुपर्ने धारणा राख्नुभयो ।

नवगठित समाजका अध्यक्ष खड्काले सो विद्यालयमा अध्ययन गरि विभिन्न क्षेत्रमा रहेका सबैलाई एकतावद्ध गराउने प्रतिवद्धा जनाउनु भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖