मुख्यमन्त्री कार्कीद्वारा गोर्खा ब्रिगेडलाई पूर्व ब्रिटिस गोर्खाको समस्या समाधान गर्न ध्यानाकर्षण

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र संयुक्त अधिराज्य बेलायती सेनाका रथी तथा गोर्खा ब्रिगेडका कर्णेल कमाण्डेन्ट रिचार्ड वार्डलो ओविईसहितको टोलीबीच शिष्टाचार भेट भएको छ । गोर्खा ब्रिगेडको टोलीले पहिलो पटक सात वटै प्रदेशका मुख्यमन्त्रीमध्ये कोशी प्रदेशका मुख्यमन्त्री कार्कीसँग भेट गरेको हो ।

उक्त शिष्टाचार भेटका क्रममा मुख्यमन्त्री कार्कीले पूर्व ब्रिटिस गोर्खा सेनाको समस्या समाधानका लागि गोर्खा ब्रिगेडको टोलीलाई ध्यानाकर्षण गराएका थिए । वर्षेनी नेपालबाट कति जना गोर्खा सेनामा भर्ति भइरहेको मुख्यमन्त्रीको जिज्ञासामा कर्णेल कमाण्डेन्ट रिचार्डले यस वर्ष ३३६ जना भर्ना भएर गएरहेको जानकारी गराएका थिए । गोर्खा वेलफेयर ट्रष्टले नेपालमा गरिरहेको कामको बारेमा मुख्यमन्त्री कार्कीले राखेको जिज्ञासामा रिचार्डले सुरुमा धरानमा पूर्व गोर्खा सेनाका लागि मात्रै गर्दै आएको कामलाई विस्तार गरी आम नेपालीका लागि सुरु गरेको जानकारी गराएका थिए ।

भेटका क्रममा मुख्यमन्त्री कार्कीले गोर्खा सेनाहरुको थलो धरान र इटहरीको खानेपानी समस्या समाधानका लागि प्रदेश सरकारले तमोर नदीबाट २ दशमलव ५ किलोमिटर सुरुङमार्गबाट पानी ल्याउन चालु आर्थिक वर्षमा डीपीआरका लागि २ करोड बजेट विनियोजन गरेको बताएका छन् । उनले सुरुङ मार्गबाट ल्याइने तमोरको पानीसँगै २५ मेघाावाट विद्युत उत्पादनका साथै सिँचाइको समेत योजनामा सहकार्यका लागि गोर्खा ब्रिगेड टोलीलाई आग्रह गरेका हुन् ।

‘पूर्व गोर्खालगायतका गोर्खा सेनाका लागि प्रदेश सरकारले आउँदो आर्थिक वर्षको बजेटमा गोर्खा भिलेज निर्माणका लागि अध्ययन गरिरहेको छ,’ मुख्यमन्त्री कार्कीले भने, ‘गोर्खा भिलेजको घर ब्रिटिस मोडलमा निर्माणा गर्ने भएकाले प्राविधिक लगायतको सहयोग गर्न आग्रह छ ।’

भेटको क्रममा रिचार्डले संघीयता कार्यान्वयन र हिन्दुत्वको बढ्दो प्रभाव र धार्मिक सहिष्णुताको बारेमा जिज्ञासा राखेका थिए । ‘गोर्खा रेजिमेन्ट नेपाल र बेलायतको सम्बन्धको सेतु भएकोले यसलाई निरन्तर अघि बढाइरहन पनि गोर्खाको भूमिका अहम् छ,’ उनले भने, ‘गोरखाली सेनाको व्यावसायिकता, समर्पण, क्षमता र अदम्य शाहसले बेलायतको समग्र सुरक्षामा अहम योगदान पु¥याएको छ ।’

गोर्खा ब्रिगेड टोलीले राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री, रक्षामन्त्री र प्रधानसेपतिलाई भेटेर पोखरामा परेड खेलेपछि फर्किने छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।