‘बन्द रहेका उद्योगहरु सञ्चालन गर्छाैं’

वीरगञ्ज (पर्सा), १५ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो समयदेखि बन्द रहेका उद्योगहरु सञ्चालन गरिने तयारी भइरहेको बताउनुभएको छ ।

प्रेस सेन्टर नेपालको २० औँ स्थापना दिवस तथा राष्ट्रिय परिषद् बैठकलाई आज पर्साको वीरगञ्जमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले लामो समयदेखि बन्द रहेका बिराटनगर जुट मिल, हेटौडा कपडा उद्योग, गोरखकाली रबर उद्योग र बुटबल धागो उद्योग सञ्चालन गर्ने गरी काम अघि बढाइएको बताउनुभयो ।

“हिजो मात्रै हामीले बन्द रहेका ती उद्योग निजी– सार्वजनिक साझेदारी अवधारणअनुरुप सञ्चालन गर्ने निर्णय गरेका छौं”, प्रधानमन्त्री दाहालले भन्नुभयो,“ अबको एक हप्ता वा १० दिन भित्रमा बन्द उद्योग सञ्चालन हुने कुरा जनताले थाहा पाउने छन् ।” कतिपय उद्योगह नेपाली सेनाले सञ्चालन गर्ने छभने कतिपय निजी कम्पनीले चलाउने गरी तयारी भइरहेको उहाँले बताउनुभयो ।

जनता र सबै राजनीतिक दलको सामूहिक सहभागितामा बजेट निर्माण गर्न सरकार केन्द्रित भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री दाहालले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी, जनता केन्द्रित बनाउने स्पष्ट पार्नुभयो । “नीति तथा कार्यक्रम र बजेट समाजवाद र सामाजिक न्यायको पक्षमा हुनेछ”, उहाँले भन्नुभयो,“ यसमा क्रान्ति नै गर्न खोजिएको छ, यसको पक्षमा जनमत निर्माण गर्न अपिल गर्दछु ।”

आफ्नो ध्यान आगामी वर्षका लागि जनता केन्द्रित र सहभागितामूखि नीति, कार्यक्रम र बजेट निर्माणमा गएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले लोकतन्त्रको पक्षमा बजेट निर्माण गरेर ‘आमुल सुधार’ गरिने विश्वास दिलाउनुभयो । नीति तथा कार्यक्रम बनाउँदा स्थानीय र प्रदेश सरकार एवं मन्त्रालयहरूको पनि रायसुझाव लिइने बताउनुहुँदै उहाँले अब नयाँ तबरले सरकार अगाडि बढ्ने बताउनुभयो ।

पुराना योजना पूरा नहुँदै नयाँ योजना निर्माण गर्ने प्रवृत्तिलाई निराकरण गर्ने योजनामा सरकार रहेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री दाहालले आवश्यक योजना बनाएर बजेट निर्माण गर्नेगरी सरकार अगाडि बढेको बताउनुभयो ।

सरकारले भ्रष्टाचार, भूमाफिया र मिटरब्याजविरुद्ध सशक्त कदम चालेको भन्दै प्रधानमन्त्रीले सामाजिक सुरक्षा कोषमा अनौपचारिक क्षेत्र, स्वरोजगारी तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेट्ने महत्वपूर्ण कार्य सरकारले गरेको जानकारी दिनुभयो ।

प्रेस सेन्टर नेपालका अध्यक्ष बिष्णु सापकोटा (जुगल) को अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटा, उपमहासचिव तथा पुर्वमन्त्री मातृका यादव, केन्द्रीय सदस्य लिलामणि पोखरेललगायत नेताले सम्बोधन गर्नुभएको थियो ।

सो अवसरमा प्रधानमन्त्री दाहालले प्रेस सेन्टर नेपालको उत्कृष्ट प्रदेश, उत्कृष्ट जिल्ला र उत्कृष्ट पत्रकारहरुलाई नगद तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

यसअघि सेन्टरको २०औँ स्थापना दिवसको अवसरमा आज बिहान वीरगञ्जस्थित घण्टाघर चोकदेखि कार्यक्रमस्थल नगरसभा हलसम्म प्रभातफेरि आयोजना गरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।