´प्रदेश सरकारलाई माघ १७ गते प्रहरीकाे संगठन संरचना हस्तान्तरणकाे निर्णय हुँदै`

विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँबरले प्रहरीकाे संगठन संरचना माघ १७ गते निर्णय गरेर प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी रहेकाे जानकारी गराएका छन् ।

मुख्यमन्त्री कार्कीलाई प्रहरी प्रधान कार्यालयमा साेमबार प्रहरी महानिरीक्षक कुँबरले प्रहरी समायाेजनकाे विषयमा जानकारी गराएका हुन् । मुख्यमन्त्री कार्कीले प्रहरी समायाेजनमा भइरहेकाे बिलम्बका कारण बारे जानकारी लिएका थिए ।

´प्रहरी समायाेजनकाे प्रक्रिया अघि बढिसकेकाे र आउँदाे १७ गते प्रहरी संगठन संरचना हस्तान्तरण गर्ने तयारी छ,` उनले भने, ´प्रहरी समायाेजनकाे बाँकी काम प्रक्रियागत रूपमा हुने भएकाले तत्काल संगठन संरचना हस्तान्तरणकाे चयारी गरिएकाे हाे ।`

संविधान प्रदत्त प्रदेशकाे शान्ति सुरक्षाकाे अधिकार प्रदेशले प्राप्त गरि संविधान कार्यान्वयन गर्नु सबैकाे दायित्व भएकाे मुख्यमन्त्री कार्कीकाे भनाइ थियाे । ´संघीय सरकारले प्रहरी समायाेजन, कानुन निर्माणलगायतका प्रक्रिया पूरा गर्न ढिलाई गरेकाले संघीयताकाे पूर्ण कार्यान्वयन हुन नसकिरहेकाे अवस्थामा संघीय सांसद तथा मन्त्रीहरूले नै प्रदेशले काम गर्न नसकेकाे भन्दै बिराेध जनाइरहेकाे छ,` उनले भने, ´त्यसैले संविधान निर्माणका लागि संघीय सरकार र संसद इमानदारिता पूर्वक आफ्नाे जिम्मेवारी निर्वाह गर्नु आवश्यक छ ।`

काेशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईलगायत सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरूकाे काठमाडाैंमा सम्पन्न भेलाले पनि तत्काल प्रहरी समायाेजनका लागि संघीय सरकारलाई ध्यानाकर्षण गराएका थिए ।

यसअघि बागमति प्रदेशकाे हेटाैडामा सम्पन्न काेशीका मुख्यमन्त्री कार्कीलगायतका सात वटै प्रदेशका मुख्यमन्त्रीहरूकाे भेलाले तत्काल प्रहरी समायाेजनलगायतका प्रक्रिया अघि बढाएर संविधान कार्यान्वयनका समन्वय र संघर्ष गर्ने निर्णय गरेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।