धनकुटामा रहेका सरकारी कार्यालय अन्यत्र सार्न लागेको भन्दै क्रियाशिल राजनैतिक दलहरुको बिरोध कार्यक्रम

धनकुटा,१६ माघ । धनकुटामा रहेका सरकारी कार्यालयलाई अन्यत्र सार्न लागेको भन्दै धनकुटामा क्रियाशिल राजनैतिक दलले बिरोध गरेका छन् ।

सरकारले धनकुटामा रहेका विभिन्न कार्यालयलाई अन्यन्त्र सार्न लागेको भन्दै नेकपा एमाले जिल्ला कमिटी धनकुटाले केहि दिन अघि पत्रकार संमेलन गर्दे विरोधका कार्यक्रम सार्वजनिक गरेको थियो ।

त्यस अन्र्तगत आज नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, एकिकृत समाजवादी र जनता समाजवादी पाटीले धनकुटामा बिरोध सभाको आयोजना गरेको हुन् ।

सरकारले पाख्रिबास नगरपालिकामा रहेको राष्ट्रिय ब्यबसायिक कृषि अनुसन्धान कार्यक्रम र धनकुटा नगरपालिकामा रहेको तथ्यांक कार्यालयलाई अन्यत्र सार्न लागेको भन्दै राजनैतिकदलहरुले बिरोध गरेका हुन् ।

सरकारले अन्ुसन्धान कार्यालयलाई ईलाम र तथ्यांक कार्यालयलाई खोटाङ सार्न लागेको भन्दै त्यसको विरोध एमालेले सुरु गरेको नेकपा एमाले धनकुटाका अध्यक्ष तथा प्रदेश सांसद इन्द्रमणी पराजुलीले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।