‘संसद्मा केपी शर्मा ओली’ विमोचित

काठमाडौँ, १६ माघ : पूर्वराष्ट्रप्रति विद्यादेवी भण्डारी ‘संसद्मा केपी शर्मा ओली’ग्रन्थ लोकार्पपण भएको छ ।

समान पहुँच नेपाल र सभ्यता अन्वेषण केन्द्रको आयोजनामा आज भएको कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओली वर्तमान राजनीतिका सर्वाधिक लोकप्रिय र प्रतिभाशाली व्यक्तित्व भएकोले उहाँ सम्बोधनका शृङ्खलालाई लिपिबद्ध गरिनु महत्वपूर्ण भएको बताउनुभयो । यस कृतिले नेपाली राजनीतिको एक इतिहास र समृद्धिका लागि ओलीको योगदानको झझल्को मिल्ने उहाँले बताउनुभयो ।

प्रा डा ऋषिराम शर्मा, प्रा डा हेमनाथ पौडेलका सहयोगमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्तिमा रहेका व्यञ्जना विषयक विद्यावारिधिको शोधार्थी सानुमैया खड्का (सविता)ले उक्त कृति तयार गर्नुभएको हो ।

एमाले अध्यक्ष ओली, महासचिव शङ्कर पोखरेल, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकूलपतिहरु वैरागी काइला र गङ्गाप्रसाद उप्रेती, लेखक पुरुषोत्तम दाहाललगायतको सहभागितामा भएको कार्यक्रममा ओलीका जनता र देश केन्द्रित विचार र पहलको प्रशंसा गरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।