भैँसीपालनबाट मनग्य आम्दानी

घोराही (दाङ), १७ माघ : दाङको राजपुर गाउँपालिका–४ निवासी टीकाराम यादवको पुख्र्यौली पेसा भँैसीपालन हो । उहाँले भैँसीको दूध, दही र घिउ बिक्री गरेर जीवन निर्वाह गर्दै आउनुभएको छ । उहाँले यसैकोआम्दानीबाट घरपरिवारको खर्च पनि चलाउँदै आउनुभएको छ । परम्परागत पेसालाई व्यावसायिक बनाउँदै लग्नुभएका उहाँले भँैसीपालनबाट दूध र दही बिक्री गरेर पछिल्लो समय रु एक लाख ५० हजारसम्म मासिक आम्दानी गर्दै आउनुभएको छ ।

साना–ठूला गरेर ७२ भँैसीपालन गर्नुभएका उहाँले दूध र दही बिक्री गरेर २३ सदस्य परिवारको खर्च जुटाउनका साथै बचत गरेर जग्गासमेत किनेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हाम्रो मुख्य आम्दानी नै भैँसीपालन हो, दूध, दही र घिउ बिक्री गरेर घरव्यवहार चलाउनेदेखि बचतसमेत गर्ने गरिरहेको छु ।” ती भैँसीमध्ये १७ भैँसीले दूध दिने र दैनिक करिब ६० देखि ७० लिटरसम्म दूध बिक्री गर्दै आएको उहाँ लेबताउनुभयो ।

उहाँका भाइ टेकबहादुर यादवले लमही बजारसम्म पुर्याएर दूध बिक्री गर्ने काम गर्दै आएको बताउनुभयो । घरका अन्य सदस्यले पनि काममा साथ दिएको उहाँ बताउनुहुन्छ । विदेशमा अर्काको अधिनमा बसेर काम गर्नुभन्दा आफ्नै ठाउँमा घरपरिवारसँगै बसेर भैँसीपालन गर्दा राम्रो आम्दानीसँगै सन्तुष्ट रहेको उहाँ बताउनुहुन्छ । उहाँसँग वैदेशिक रोजगारको समेत अनुभव छ ।

उहाँले भन्नुभयो, “विदेशमा १२ घण्टा दैनिक काम गर्दा महिनामा रु ६०–७० हजारसम्म कमाई हुन्छ, त्यो कमाइमा विदेशमा बसिरहन मनले मानेन र एक वर्षमै फर्किएँ, भँैसी बढाएर पाल्दै आएको छु । आम्दानी पनि राम्रै भइरहेको छ ।” दूध बिक्री गरेर भएको आम्दानीको आधा रकम भैँसीका लागि दाना, घाँस र औषधिमा लाग्ने गरे पनि बाँकी रकम नाफा हुने गरेको उहाँ बताउनुहुन्छ ।

गाउँमा सबैभन्दा धेरै भैँसीपालन गर्ने किसानका रूपमा रहनुभएका यावदले लाखाँै खर्च गरेर विदेशमा काम गर्नुभन्दा आफ्नै ठाउँमा परिवारसँग बसेर पैसा कमाउन सकिने अरुलाई समेत सुझाव दिनुहुन्छ । त्यसका लागि आपूmमा आत्मविश्वास हुनुपर्ने उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “विदेशमा दिनमा १२ घण्टासम्म काम गर्नेले आफ्नो ठाउँमा पनि त्यहीअनुसार मेहनत गर्न सके कमाई गर्न सकिन्छ ।”

भँैसीपालनबाटै राम्रो आम्दानी गरिरहेका यादवले सरकारबाट अहिलेसम्म कुनै प्रकारको सहयोग प्राप्त नगरेको गुनासो गर्दै भन्नुभयो, “अहिलेसम्म जे–जति गरेको छु, सबै आफ्नै मेहनत र परिश्रमबाट गरेको छु । कतैबाट कुनै सहयोग लिएको छैन ।” कतैबाट सहयोग प्राप्त नभए पनि आफ्नै मेहनतले पुख्र्यौली पेसालाई व्यवस्थित गर्दै लग्ने सोचमा रहेको उहाँ बताउनुहुन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।