मगरले राज्य गरेको गलेखामकोटको प्रवर्द्धन गर्दै स्थानीय

दमौली (तनहुँ), १८ माघ : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–५ कन्टारबाट पश्चिम लागेपछि पुगिन्छ, गलेखामकोट । कन्टारबाट साँगे हुँदै पुगिने गलेखामकोट सदरमुकाम दमौलीदेखि नजिक रहेर पनि ओझेलमा परेको ठाउँ हो ।

व्यास नगरपालिका–६ मा अवस्थित गलेखामकोट सदरमुकामबाट १५ किलोमिटर दूरीमा छ । कुनै बेला मगर जातिका राजाले समेत राज्य गरेको यस ठाउँलाईको प्रवर्द्धनमा स्थानीय जुटेका छन् । गलेखामकोटमा मगर राजाले शासन गरेको र अन्तिम राजा चक्रधर राना रहेको गलेखामकोट टोल विकास संस्थाका अध्यक्ष वसन्तकुमार श्रेष्ठको भनाइ छ । उहाँले भन्नुभयो, “धार्मिक तथा पर्यटकीय हिसाबले यो प्रचुर सम्भावना भएको स्थान भए पनि आवश्यक प्रचारप्रसार नहुँदा ओझेलमा परेको महसुस भएको छ । यस ठाउँको विकास र प्रवर्द्धनका लागि स्थानीय जुटेका छन् ।”

यहाँका तत्कालीन मगर राजाले तनहुँका सेनवंशका राजासँग आत्मसमर्पण गरेको किंवदन्ती छ । पछि सेनवंशले गोरखाका शाह वंशसँग आत्मसमर्पण गरेको इतिहास छ । यो क्षेत्र पर्यटकीय हिसाबले अन्त्यन्त आकर्षक र तनहुँको तेस्रो अग्लो पहाडको रूपमा परिचित रहेको श्रेष्ठले बताउनुभयो ।

यहाँबाट सदरमुकाम दमौली, शुक्लागण्डकी नगरपालिकास्थित थप्रेक, व्यास नगरपालिकास्थित कलेस्ती, सिसाघाट, लमजुङको भोर्लेटार, सोतीपसल, दुईपिप्ले, कास्कीको फेवाताल, बेगनासताल तथा विभिन्न ठाउँको रमणीय दृश्य देख्न सकिन्छ ।

स्थानीय मुनिराज गुरुङ प्रचुर सम्भावना बोकेर पनि यस ठाउँको विकास हुन नसकेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यहाँबाट देखिने मनोरम दृश्यले जो कोहीलाई लोभ्याउँछ, तर यस ठाउँको पर्याप्त प्रचार–प्रसार हुन सकेको छैन । हामी अब यसको प्रवर्द्धनमा जुटेका छाँै ।” उहाँले पछिल्लो समय यहाँ शनिबार र बिदाका दिन फाट्टफुट्ट आन्तरिक पर्यटकको चहलपहल देखिन थालेको बताउनुभयो ।

गलेखामकोटमा नेवार समुदायको बाहुल्यता छ । गलेखामकोटमा भ्यूटावरसमेत बनेको छ । यहाँ विसं २०७६ मा रु १६ लाख ५० हजारको लागतमा भ्यूटावर निर्माण भएको थियो । तीन तल्लाको दृश्यावलोकन स्तम्भबाट एकैपटकमा २० भन्दा बढी पर्यटकले दृश्यावलोकन गर्न मिल्छ । यहाँबाट कास्कीको फेवाताल, माछापुच्छ्रे, धवलागिरि, अन्नपूर्ण, मनास्लुलगायतको हिमशृङ्खला देख्न सकिन्छ ।

समुद्र सतहबाट दुई हजार दुई सय सात मिटरको उचाइमा रहेको गलेखामकोट बाइसे–चौबीसे राज्यको पालामा चक्रधारी राजाले शासन गरेको ठाउँ हो । यहाँ रहेको कोटभैरव मन्दिरमा दसैँमा बेला विशेष पूजाआजा हुने गरेको छ । बडादसैँको नवमीको दिन मन्दिरमा पञ्चबलि दिने प्रचलन रहेको स्थानीय मनिता गुरुङले जानकारी दिनुभयो । मन्दिरमा राना जातिले पूजारी र ब्राम्हण जाति पुरोहितको रूपमा काम गर्दै आएका छन् ।

यस ठाउँमा राजाको पालामा युद्धमा प्रयोग गरिएको हातहतियार सुरक्षितरूपमा राखिएको छ । गलेखामकोटको प्रवर्द्धन र विकासका लागि नगरपालिकाले पहल थालेको वडाध्यक्ष जीवन गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “गलेखामकोट ऐतिहासिकस्थल पनि हो । यसको विकासमा नगरपालिका योजनासहित अगाडि बढ्छ ।”-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।