डवली मेला नृत्यमा सिद्धकाली र भोजपुर बहिरा आवासीय पहिलो

निरोज कोइराला/भोजपुर, १८ माघ । भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा ऐतिहासिक डवली मेलाको अवसरमा आयोजित अन्तर माध्यामिक तथा आधारभुत तह स्तरीय नृत्य प्रतियोगितामा सिद्धकाली र भोजपुर बहिरा आवासीय बिद्यालय पहिलो बनेको छ ।

बिहिवार भएको फाइनल प्रतियोगितामा माध्यामिक तह तर्फ सिद्धकाली बोडिङ स्कुल पहिलो बनेको छ । दोश्रो बिद्योदय मावि र तेश्रो सगरमाथा बोडिङ स्कुल भएको छ । यस्तै आधारभुत तह तर्फ भोजपुर बहिरा आवासीय बिद्यालय पहिलो, बालकन्या आधारभुत बिद्यालय दोश्रो र भोजपुर एकेडेमी तेश्रो भएको प्रतियोगिताका मुख्य निर्णायक बिरोध बस्नेतले जानकारी दिनुभयो ।

फाइनलका लागि मावि तर्फ सिद्धकाली बोडिङ स्कुल, बिद्योदय मावि, सगरमाथा बोडिङ स्कुल, पञ्चकन्या मावि, भोजपुर एकेडेमी र जाल्पा मावि छनौट भएका थिए भने आधारभुत बिद्यालय तर्फ बालकन्या आधारभुत बिद्यालय, भोजपुर बहिरा आवासीय बिद्यालय, पञ्चकन्या आधारभुत बिद्यालय, भोजपुर एकेडेमी र सिद्धकाली बोडिङ स्कुलका बिद्यार्थी चुनिएका थिए ।

बिद्यालयमा अध्ययरतरत बिद्यार्थीहरुलाई नृत्य तर्फ हौसला प्रदान गर्ने उद्धेश्यका साथ प्रतियोगिता संचालन गरिएको आयोजक संस्थाका सदस्य देउप्रकाश राईले बताउनुभयो । नृत्य प्रतियोगितमा माध्यामिक बिद्यालय र आधारभुत तह तर्फ प्रथम, दोश्रो र तेश्रो हुनेलाई क्रमश नगद १५ हजार, १० हजार, ५ हजार सहित ट्रफी तथा प्रमाण पत्र प्रदान गरिने राईले जानकारी दिनुभयो ।

बिजयी बिद्यालयहरुलाई आगामी माघ २० गते पुरस्कार बितरण गरिने छ । गत पौष २७ गतेबाट भोजपुरमा ऐतिहासिक डवली मेला लागि रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।