सुकुम्वासीको घर निर्माणमा मुख्यमन्त्री कार्कीको श्रमदान

विराटनगर । मुख्यमन्त्री केदार कार्कीले विराटनगर १६ दरैहयाका सुकुम्वासी तथा असहाय परिवारकाे घर निर्माणमा शुक्रबार श्रमदान गरेका छन् । उनले जस्ताकाे छानासहितकाे घर निर्माणका लागि श्रमदान गरेका हुन् ।

घर निर्माणले विपन्न असहाय स्थानीय शिव राईले आर्थिक अभावमा तीन जना छाेराछाेरी र लाेग्ने स्वासनी गरी पाँच जना परिवारका सदस्य एउटै सानाे झुपडीमा बस्नु पर्ने बाध्यताकाे अन्त्य भएकाे छ । घर निर्माण सामग्री जीवन विकास समाज कटहरीले र घरमा ओछ्याउन म्याट्रेस, त्रिपाल, कम्बललगायतका लुगा, भाडावर्तन, खाद्यान्न मुख्यमन्त्री कार्कीले उपलब्ध गराएका हुन् । राईकाे घर निर्माणमा प्रतिनिधिसभा सदस्य सांसद याेगेन्द्र मण्डलले समेत श्रमदान गरेका थिए ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकार गरीव, दलित, सुकुम्वासीकाे समेत भएकाेले सरकार साथमा छ भन्नका लागि घर निर्माणमा श्रमदान गरेकाे बताएका हुन् । ´विपन्न गरीवलाई सरकारकाे अनुभूति गराउनुका साथै निर्वाचनकाे बेलामा गरेकाे वाचा पूरा गर्नसमेत श्रमदान गरेकाे छु,` उनले भने, ´गरीवका दुःख समाजका सबैले बुझेर एकअर्कालाई पारिस्परिक सहयाेगकाे भावना समाजिक सञ्जालमा रमाउने अहिलेका युवाहरूमा विकास गराउनका लागि पनि काम गरेकाे हुँ ।`

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।