सहिदभूमिमा व्यवसायिक फलफुल,तरकारी खेती तथा समूह व्यवस्थापन तालिम सञ्चालन
धनकुटा । धनकुटाकाे सहिदभुमी गाउँपालिकाकाे विभिन्न वडामा व्यवसायिक फलफुल,तरकारी खेती तथा समूह व्यवस्थापन तालिम सञ्चालन भईरहेकाे छ ।
गाउँपालिकाकाे आर्थिक सहयाेगमा गरिबी निवारण तथा ग्रामिण विकास कार्यक्रम पर्डेप नेपाल धनकुटाकाे आयाेजनामा तालिम सञ्चालन भईरहेकाे हाे ।
जसअनुसार शुक्रवार पालिकाकाे वडा नं ५ मा तालिम शुरु गरिएकाे छ । वडा नं ४ मा सकेर ५ नं वडामा पालिका अध्यक्ष मनाेज राईकाे उपस्थितीमा तालिम शुरु गरिएकाे पर्डेप नेपाल धनकुटाका कार्यकारी निर्देशक मीन प्रसाद सुवेदीले जानकारी दिनुभयाे ।
निर्देशक सुवेदीका अनुसार पालिकाकाे ४, ५ र ६ नं वडा मा याे तालिम सञ्चालन भईरहेकाे हाे । तालिममा तरकारी खेती अन्तर्गत टमाटर, अदुवा,खुर्शानीमा लाग्ने राेग किरा नियन्त्रणकाे वारेमा किसानहरुलाई जानकारी गराईने छ ।
त्यस्तै फलफुल तर्फ सुन्तला खेती प्रविधी,वजारीकरण, राेग किरा नियन्त्रण तथा समूह व्यवस्थापनकाे जानकारी गराईने छ । तालिमकाे सहजिकरण कृषि विज्ञ सूर्य प्रसाद साप्काेटा र पर्डेप नेपालका कार्यकारी निर्देशक सुवेदीले गरिरहेका छन् । तालिममा तीन वटै वडाका ५०-५० जना महिलाहरुलाई सहभागी गराईने छ ।


