´मन्दिर र सामुदायिक भवनकाे याेजना काटेर १० वर्षमुनिका बालबालिकाकाे निःशुल्क उपचार गर्नु अपराध हाे ?`

शिवसताक्षी (झापा) । मुख्यमन्त्री केदार कार्कीले साना सडक, मन्दिर र सामुदायिक भवनकाे याेजना काटेर १० वर्षमुनिका बालबालिकाकाे निःशुल्क उपचार गर्नु अपराध हाे भन्दै प्रश्न गरेका छन् ।

झापाकाे शिवसताक्षी गाउँपालिका ३ पाराबारीमा मुख्यमन्त्रीसँग याेजना र विकाससम्वन्धी जनता संवाद कार्यक्रममा उनले मुख्यमन्त्रीसम्म वडामात्रै नभई टाेलटाेल र घरघरका सदस्यहरूकाे समेत पहुँच हुनुपर्ने मान्यताका साथ जनतासँगकाे संवाद कार्यक्रममा प्राथमिकताका साथ उपस्थित भएकाे बताएका हुन् । ´यसअघि प्रदेश सरकारका एक मन्त्रीले सेकुवा हाउसकाे उद्घाटन गरेकाे भन्दै आलाेचना भइरहेकाे हेर्दा अचम्म लागेकाे छ,` उनले भने, ´सेकुवा हाउस सञ्चालनले स्थानीयस्तरमा आर्थिक गतिविधि, राेजगारी सृजनाका साथै आय आर्जन वृधि हुने कामलाई प्रदेश सरकारले प्राेत्साहन गर्नु अपराध हाे ? प्रदेश सरकारले प्रदेशवासीले गर्ने हरेक राेजगारी र आय आर्जन हुने कामकाे प्राेत्साहन गर्छ ।`

लाेककल्याणकारी प्रदेश निर्माणका लागि भाैतिक विकासलाई भन्दा मानवीय विकासलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले काम अघि बढाएकाे मुख्यमन्त्री कार्कीले बताएका हुन् । ´प्रदेशभरिका गाउँ र टाेलका मन्दर, सामुदायिक भवन, साना सडकलगायतका २५ लाखमुनिका याेजना काटेर १० वर्षमुनिका बालबालिकाकाे निःशुल्क उपचार, शैलजाल आचार्य हृदयराेग केन्द्र विराटनगरकाे सञ्चालन जस्ता काम गरेकाे छु,` उनले भने, ´आर्थिक अभावमा उच्चशिक्षा चिकित्सक, इञ्जिनियर, वकिल, विज्ञान, व्यवस्थापन र प्रत्येक पालिकाका एक जनालाई पशु र एक जनालाई कृषि प्राविधिक अध्ययनका लागि छात्रवृतिकाे व्यवस्था गरेकाे छु, के त्याे अपराध भयाे ? यदी अपराध भयाे भने हाेस् । विपन्न गरिवकाे पनि प्रदेश हाे भन्ने स्थापित गराउँछु ।` आफ्ना बालबालिकालाई भाेकै छाडेर समुदायभरिका छाेराछाेरीलाई खाेप खुवाउनुका साथै स्वास्थ्य सेवा दिने महिला स्वास्थ्य स्वयम् सेविकालाई सम्मान तथा प्राेत्साहन, ऋण लिएर जग्गा खरिद गर्ने सुकुम्वासीलाई ब्याज अनुदान जस्ता कार्यक्रम हुनेखाने वर्गलाई लक्षित याेजना काटेर ल्याएकाे मुख्यमन्त्री कार्कीले बताएका हुन् ।

मुख्यमन्त्री कार्कीले भाकल पाथिभारा, बराह क्षेत्र, हलेसीमा गर्ने, वृद्ध बुवाआमालाई भारतकाे विभिन्न धार्मिक स्थलकाे दर्शनका लागि लग्ने तर आगनकाे जुठेल्नामा मन्दिर बनाउने बजेटमा ल्याएइकाे याेजना काटेर हलेसी, पाथिभरा र बराह क्षेत्रका लागि विनियाेजन गरेकाे बताएका थिए ।

उक्त संवाद कार्यक्रममा प्रदेश सांसद राधाकृष्ण खनाल, शिवसताक्षी वडा ३ का वडा अध्यक्ष भास्कर न्याैपानेलगायतका स्थानीय नेता, कार्यकर्ता तथा स्थानीयवासीले प्रदेश सरकारले साना याेजना कटाैति गरेकाे भन्दै गुनासाे पाेखेका थिए । उक्त कार्यक्रममा स्थानीयवासीले आ-आफ्ना टाेल, समुदायमालआवश्यक याेजनाहरूसमेत मुख्यमन्त्री कार्कीलाई लिखित रूपमा बुझाएका थिए ।

उक्त कार्यक्रमकाे अवसरमा स्थानीय ६ जना महिला स्वास्थ्य स्वयम् सेविकालाई साइकल वितरणका साथै वडा कार्यालयले सञ्चालन गरेकाे सिलाई, कटाई तालिमकाे समेत मुख्यमन्त्री कार्कीले अबलाेकन गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।