राष्ट्रिय हित रक्षाका निम्ति सशक्त भूमिका निर्वाह गर्ने एमाले अध्यक्षको प्रतिबद्धता

काठमाडौँ, २० माघ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितको रक्षा गर्न आफ्नो दलले जिम्मेवार, सकारात्मक तथा सशक्त भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।

संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संसदीय अभ्यासलाई प्रभावकारी बनाउन प्रतिपक्षकोे भूमिका महत्वपूर्ण हुने बताउनुभयो । “मुलुकमा देखिएका बेथितिविरुद्ध बोल्नुपर्छ”, संसद्मा दृढताका साथ प्रस्तुत हुन सांसदलाई निर्देशन दिँदै उहाँले भन्नुभयो । आफ्नो क्षमताअनुसारको संसदीय समिति चयन गरेर प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिनुभयो ।

संसद्मा प्रतिपक्षको भूमिका सशक्त र प्रभावकारी हुनुपर्नेमा जोड दिँदै उहाँले त्यसका लागि खोजमूलक ढङ्गबाट प्रस्तुत हुन आग्रह गर्नुभयो । “व्यवस्थित ढङ्गले संसद् तथा समितिका आगामी बैठक सञ्चालन गर्ने, समितिलाई थप क्रियाशील बनाउने र बढीभन्दा बढी छलफलमा जुट्ने, समितिका कामलाई प्रभावकारी बनाउनुपर्छ”, अध्यक्ष ओलीले भन्नुभयो । दलका जनप्रतिनिधिले आफ्नो क्षेत्रमा सुशासन र विकासका निम्ति डटेर लाग्नुपर्छ भन्दै उहाँले दलीय व्यवस्थाप्रति नकारात्मक अभिव्यक्ति दिने छुट कसैलाई नभएको बताउनुभयोे । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।