‘संरक्षणको पर्खाइमा पालुङवा, चुम्मालुङ’

दिल पालुङ्वा ‘युमाहाङ’ । याक्थुङ पालुङवा वंशहरुले स्थापित गरेको चुम्मालुङ संरक्षणको अभावमा छट्पटिरहेको छ । तत्कालीन पालुङवादेन राज्यकालीन समयमा स्थापना गरिएको अनुमान रहेको चुम्मालुङ संरक्षणविहीन अवस्थनमा रहेको छ ।

हाल: ताप्लेजुङ जिल्ला फुङलिङ नगरपालिका वार्ड नं ३ को उत्तर पश्चिममा यो चुम्मालुङ अवस्थित छ । तत्कालीन पालुङ्वादेन राज्यको सावानेबालाई राजधानी बनाएर राज्य गरिरहेका पालुङ्वा राजाहरुले आफ्नै राज्यभित्र र छिमेकी राज्यहरु बीचमा आवश्यक चुम्लुङ (सभा) वस्नको लागि यो चुम्मालुङ स्थापना गरेका थिए । यो चुम्मालुङ मा सभा वसेपछि दुवो ढुंगो छोएर कसम खानु पर्दथ्यो ।

याक्थुङलाजे (लिम्वुवान) तत्कालीन गोर्खा नेपालमा सहाज्यमा प्रवेशपछि सुभाङ्गी कालदेखि पञ्चायत कालसम्ममा पनि यो क्षेत्रमा सभा, कचहरी बस्ने गर्दथ्यो । नेपालमा वहुदल/प्रजातन्त्रको आगमन वि.सं. २०४६ पछि र गणतन्त्र आएपछि र विकासका नाममा सडकहरु बन्न थालेपछि यस्ता प्राचिन महत्व राख्ने सम्पदाहरु संरक्षणको अभावमा छन् । यो चुम्मालुङ बाहेक यस्ता सम्पदाहरु जस्त्तै थेमाङलुङ, माङयुक्नादेन, माङखमादेन, पाटि,पौवा, पोखरि, गढि (यक), दरवार क्षेत्र, पालुङवा क्षेत्रहरुमा धेरै रहेका छन ।

यी सवै सम्पदाहरुको संरक्षण तथा पून निर्माण गर्दै जानु आजको पुस्ताको काँधमा आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।