दलित एकता संजालद्वारा सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानाे पाेषाक वितरण
धनकुटा । दलित एकता सञ्जाल नेपाल धनकुटाले दुई सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई न्यानाे पाेषाक वितरण गरेकाे छ ।
सञ्जालले बालकल्याण प्रावि धनकुटा नगरपालिका वडा नं ९ वेलाहारा वेंसीका ४५ र सिंहदेवी प्रावि धनकुटा नगरपालिका ९ रुद्रवारीका २४ जना विद्यार्थीलाई न्यानाे पाेषाक प्रदान गरेकाे हाे ।
दलित एकता सञ्जालका केन्द्रीय उपाध्यक्ष नारायण विक, नेपाल दलित राष्ट्रिय समाज कल्याण संघका केन्द्रीय महासचिव रबिन्द्र नेपालीकाे उपस्थितीमा ती दुई विद्यालयका जम्मा ६९ जना विद्यार्थीहरुलाई पाेषाक वितरण गरेकाे हाे ।`
`दलित एकता आजकाे आवश्यक्ता, छुवाछुत मुक्त समाज निर्माणमा सम्पूर्ण नेपालीकाे सहभागिता´´ भन्ने नाराका साथ विद्यार्थीहरुलाई पाेषाक वितरण गरिएकाे सञ्जालले जनाएकाे छ ।
पाेषाक वितरण कार्यक्रममा धनकुटा नगरकार्यपालिका सदस्य रेजिना हिंमाङ,ज्ञानु राई, वडा नं ६ का वडा सदस्य मनकुमारी राई,सञ्जालकी जिलला सचिव ईन्दु दर्नाल,सदस्य रेनुका रम्तेल, विद्यालयका प्रधानाध्यापक झमक कटुवाल,टेक वहादुर भट्टराई,विद्यलय व्यवस्थापन समितीका अध्यक्ष सन्ताेष मगर लगायकाे उपस्थिती थियाे ।
जाडाेकाे समयमा विद्यार्थीहरुलाई केही भएपनि राहत मिलाेस् भन्ने लक्षका साथ न्यानाे पाेषाक वितरण गरिएकाे सञ्जालले जनाएकाे छ ।


